नेपाल र भारतका पुरुष क्रिकेट टिमबीच टि २० क्रिकेट म्याच हुने

काठमाण्डु।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको विकासको लागि र नयाँ खेलाडी उतपादनको लागि बैतडीमा यही पुस २७ गतेदेखि प्रथम खुल्ला नेपाल इन्डो टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिताको उपाधि विजेता टोलीले नगद ४० हजार उपविजेता टोलीलाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक पञ्चकोटी युवा क्लबका अध्यक्ष उत्तम चन्दले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द सिरिजलाई नगद ३ हजार,बेस्ट ब्याट्सम्यानलाई नगद एक हजार पाँच सय,बेस्ट बलरलाई नगद एक हजार पाँच,बेस्ट किपरलाई १ हजार १११ र बेस्ट फिल्डरलाई ७ सय ७७ रुपैंया नगद पुरस्कार दिइनेछ ।

दशरथचन्द नगरपालिका १० स्थित बुड्डाबाजे खेलमैदान रातामाटामा सञ्चालन हुने प्रतियोगिताका खेलहरु लिगचरणमा खेलाइनेछन् । प्रतियोगितामा भाग लिन इच्छुक टीमहरुले पुस २६ गते सम्म टीम दर्ता गराइसक्नुपर्नेछ ।

सीमावर्ती क्षेत्रका बासिन्दाहरुबीच खेलमार्फत सद्भाव कायम गर्न र क्रिकेट विकास,खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष चन्दको भनाई छ ।

यता राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टीमा आज आईतबारबाट प्लेअफका खेल सुरु हुँदैछ ।प्लेअफको पहिलो दिन आज पहिलो क्वालिफायर हुदैछ । किर्तिपुर स्थित टियु मैदानमा हुने यस खेल मध्यान्ह १२ः३० बाट सुरु हुनेछ ।

पहिलो क्वालिफायरमा यस लिगको समूह चरणका खेलमा पहिलो दोस्रो स्थानमा रहेका टोलीबीच खेल हुनेछ । पहिलो स्थानमा रहेको लुम्बिनी अल स्टार र दोस्रो स्थानमा रहेको जनकपुर रोयल्सबीचमा खेल हुँदैछ ।

आजको पहिलो क्वालिफायर बिजेताले फाईनलमा स्थान बनाउँने छ । पराजित हुने टोलीले सोमबार हुने ईलिमेटर खेलको बिजेतासँग फाईनल प्रवेशका लागि खेल्नेछ ।यस लिगको समूह चरणको दुई खेलमा एकआपसकाविरुद्ध खेलेका यि टिमहरुले १-१ खेल जितेका छन् ।

यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल र भारतका पुरुष क्रिकेट टिमबीच टि २० क्रिकेट म्याच हुने

Sun Jan 8 , 2023
काठमाण्डु। नेपाली राष्ट्रिय क्रिकेट टोलीको विकासको लागि र नयाँ खेलाडी उतपादनको लागि बैतडीमा यही पुस २७ गतेदेखि प्रथम खुल्ला नेपाल इन्डो टी २० क्रिकेट प्रतियोगिता हुने भएको छ । पञ्चकोटी युवा क्लबको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका पुरुष क्रिकेट टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको उपाधि विजेता टोलीले नगद […]

You May Like

error: