काठमाण्डु।
भारत र श्रीलंकाबीचको तेस्रो तथा निर्णायक टी-ट्वान्टीमा भारतले श्रीलंकालाई पराजित गरेको छ । यस खेलमा भारतले ९१ रनको जित हात पारेर सिरिज २-१ ले जित हात पारेको छ ।राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले १६.४ ओभरमा अलआउट हुँदै १ सय ३७ रन बनायो ।
पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर २ सय २८ रन बनायो । पहिलो ओभरमा नै ३ रन बनाउँदा इशान किशनलाई गुमाएको भारतले राम्रो कमब्याक गरेर २ सय २९ रनको विशाल लक्ष्य बनायो ।
सुर्यकुमार यादवले ५१ बलमा ७ चौका र ९ छक्काको सहयोगमा अविजित १ सय १२ रनको शतकीय ईनिङ खेले ।यस क्रममा उनले धेरै कीर्तिमान बनाएका छ ।यो उनको तेस्रो टी-ट्वान्टी अन्तराष्ट्रिय शतक हो । उनले ४५ बलमा शतक पूरा गरेका थिए ।
सूर्यकुमार यादवले टी–२० अन्तर्राष्ट्रियमा पहिलो शतक गत वर्ष जुलाईमा नटिङ्घम मैदानमा बनाएका थिए । त्यसपछि उनले इङ्ल्यान्डविरुद्ध ११७ रनको इनिङ खेले। त्यसपछि नोभेम्बर २०२२ मा, सूर्यकुमार यादवले माउन्ट माउन्गानुईमा न्यूजिल्याण्ड विरुद्ध अपराजित १११ रन बनाए। अर्थात् सूर्यकुमारले पहिले इङ्ल्यान्ड, त्यसपछि न्युजिल्यान्ड र अहिले आफ्नै घरमा टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।
सूर्यकुमार यादव अहिले आईसीसी टी–२० वरीयतामा नम्बर १ ब्याट्सम्यान छन् । श्रीलंका विरुद्ध शतक प्रहार गर्दै सूर्यले किन नम्बर १ को वरियतामा परेका छन् भन्ने कुरा फेरि एकपटक देखाएका छन् ।
सूर्यकुमार यादवले श्रीलंकाविरुद्ध शतक प्रहार गर्दै कीर्तिमान बनाएका छन् । टी-२० अन्तर्राष्ट्रियमा तीन वा सोभन्दा बढी शतक प्रहार गर्ने पाँच ब्याट्सम्यानमध्ये सूर्य एक हुन्। रोहित शर्मा चार शतकसहित शीर्ष स्थानमा छन् । यसपछि सूर्यकुमार यादव (३), ग्लेन म्याक्सवेल (३), कोलिन मुनरो (३) र सबावुन द्विजी (३) छन् । साथै, सूर्यकुमार अष्ट्रेलियाका खेलाडी ग्लेन म्याक्सवेल पछि तीन फरक देशमा टि २० शतक बनाउने विश्वका दोस्रो ब्याट्सम्यान हुन्।
सूर्यकुमार श्रीलंका विरुद्धको टी-२० मा शतक बनाउने दोस्रो भारतीय खेलाडी हुन्।रोहित शर्माले यो उपलब्धि यसअघि गरेका थिए।रोहितले सन् २०१७ मा इन्दोरमा ४३ बलमा ११८ रन बनाएका थिए।सूर्यकुमार यादवले ४५ बलमा शतक बनाएका थिए।
टि२० अन्तर्राष्ट्रियमा कुनै पनि भारतीय ब्याट्सम्यानको दोस्रो सबैभन्दा छिटो। यो मामिलामा कप्तान रोहित शर्मा नम्बर एकमा छन्। रोहित शर्माले २०१७ मा श्रीलंका विरुद्ध मात्र 35 बलमा शतक बनाए।