पिएसजीले छोडे पछि नेयमारलाई ठूलो झड्का!

काठमाण्डौ।

विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेनले नेयमार जुनियरलाई बेच्ने निर्णय लिएको छ। युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले पिएसजीले नेयमारलाई बिक्री गर्ने निर्णय गरेको दावी गरेका हुन्।

क्लबको भविष्यलाई लिएर पिएसजीले नेयमारलाई बिक्री गर्ने निर्णय गरेको बताइएको छ। गत समर ट्रान्सफर विन्डोमा पनि पिएसजीले नेयमारलाई बिक्री गर्ने प्रयास नगरेको होइन। त्यसबेला पनि पिएसजीले नेयमारलाई बिक्री गर्न सक्दोर प्रयास गरेको थियो।

तर त्यसबेला नेयमारको उच्च पारिश्रमिक समस्या बनेको थियो। बाहिर आएका खबर अनुसार नेयमारले पिएसजीमा वार्षिक ४० मिलियन युरो आसपा पारिश्रमिक बुझिरहेका छन्। जुन रकम जुन सुकै क्लबले तिर्न सक्दैन।

गत समरमा पिएसजीले नेयमारलाई १ सय ५० मिलियन आसपा बिक्री गर्न खोजेको थियो। तर युरोपका विभिन्न क्लबले उनलाई पारिश्रमिकका कारण किन्न चाहेनन्। यधपी प्रिमियर लिग क्लब चेल्सीले भने नेयमारमा चासो देखाएको थियो।

यसैबीच नेयमारलाई बिक्री गर्नको लागि पिएसजी मूल्य घटाउन पनि तयार रहेको चर्चा गरिन्छ। फिचाजेसका अनुसार नेयमारलाई कम मूल्यमा भएपनि बिक्री गर्ने पिएसजीको योजना रहेको छ। फिचाजेसले आफ्नो समाचारमा उल्लेख गरेअनुसार पिएसजीले नेयमारलाई सय मिलियन भन्दा कम रकममा पनि बिक्री गर्न सक्छ।

नेयमारलाई प्रिमियर लिगका क्लबहरुले भित्र्याउन सक्ने उच्च सम्भावना रहेको छ। न्यूक्यासल युनाइटेड, चेल्सी र म्यानचेस्टर सिटी मध्ये एक क्लबले नेयमारलाई भित्र्याउन सक्ने स्मभावाना रहेको बताइन्छ।

पीएसजीले क्लबमा मेस्सीको सम्झौता सिजनको अन्त्यसम्म लम्ब्याउन चाहेको बताइएको छ र उनले छिट्टै आफ्नो सम्झौता नवीकरण गर्ने अपेक्षा गरिएको छ। साथै पिएसजीले एम्बाप्पेलाई क्लबमा लामो समय अड्याउने पनि योजना बनाएको छ।

तीन स्टार खेलाडीलाई क्लबमा राख्ने भन्दा पनि पिएसजीले मेस्सी र एम्बाप्पेलाई मात्र लिएर अगाडी बढ्न चाहेको छ। यो अनुमान गरिएको थियो कि एमबाप्पे गत समरमा नेयमारलाई बिक्री गरियोस् भन्ने चाहेका थिए।

फ्रान्सेली दिग्गजहरू, यस बीचमा, पूर्व सान्तोस विङ्गरलाई छोड्न खुला छन् जबकि तिनीहरू अझै पनि उनको लागि ठूलो स्थानान्तरण शुल्क ल्याउन सक्छन्। नेयमार बिक्री गरेर प्राप्त रकमले भविष्यलाई ध्यानमा राखेर धेरै खेलाडीहरु किन्न सकिनेमा पिएसजीका अधिकारीहरु स्पष्ट रहेको बताइन्छ।

क्लबमा उनको सम्झौता २०२६ को गर्मीमा समाप्त हुन्छ र अर्को सिजनको लागि विस्तार गर्ने विकल्प छ। गत सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेपनि नेयमार जारी सिजनमा भने उच्च लयमा छन्।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंका बिरुद्द सुर्यकुमारको तुफानी शतकमा भारतको सानदार जित

Sun Jan 8 , 2023
काठमाडौं । सुर्यकुमार यादवले ५१ बलमा अविजित १ सय १२ रन बनाए पछि तेस्रो तथा निर्णायक टी-ट्वान्टीमा भारतले श्रीलंकालाई पराजित गरेको छ । यस खेलमा भारतले ९१ रनको जित हात पारेर सिरिज २-१ ले जित हात पारेको छ । राजकोटमा भारतले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले […]

You May Like

error: