नेयमार भित्र्याउने दौडमा दुई प्रिमियर लिग क्लब, सुरु भयो तछाड-मछाड !

काठमाडौँ।

प्रिमियर लिगका दुई क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फरवार्ड नेयमार भित्र्याउन इच्छुक देखिएका छन्। विभिन्न खेल मिडियाहरुका अनुसार प्रिमियर लिगका दुई क्लब नेयमार भित्र्याउन इच्छुक देखिएका हुन्।

विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेन (PSG) ले नेयमार जुनियरलाई बेच्ने निर्णय गरेको दावी गरिरहेका बेला बेलायतबाट प्रिमियर लिगका दुई क्लब नेयमारलाई किन्न इच्छुक रहेको खबर आएको हो।

बेलायती मिडियाहरुका अनुसार चेल्सी र न्यूकासल युनाइटेड नेयमार भित्र्याउन इच्छुक रहेका छन्। दुवै क्लब आर्थिक रुपमा पनि सवल रहेका छन् र दुवैले नेयमारलाई उच्च पारिश्रमिक दिन सक्छन्।

तर त्यसको लागि पिएसजीले नेयमारको मूल्य घटाउनु पर्ने हुन्छ। पिएसजीले नेयमारलाई क्याटलान क्लब बार्सिलोनाबाट विश्वरेकर्ड मूल्य खर्च गरेर आफ्नो क्लबमा भित्र्याएको थियो। तर अब सो रकम भन्दा धेरै कम मूल्यमा पिएसजीले नेयमारलाई बिक्री गर्नुपर्ने हुन सक्छ।

चोटहरुका कारण खुलेर प्रदर्शन गर्न नसकेपनि नेयमारले पिएसजीका लागि खराब प्रदर्शन भने गरेका छैनन्। उनले अहिले सम्म पिएसजीका लागि १ सय ६५ खेल खेल्दा १ सय १५ गोल गरेका छन् भने उनको नाममा ७५ असिस्ट छन्।

नेयमारले पिएसजीमा रहेर अहिले सम्म चार पटक फ्रेन्च लिग वान जितेका छन्। तर उनले पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन भने अहिले सम्म सकेका छैनन्।

गत सिजन खासै राम्रो प्रदर्शन गर्न नसकेपनि नेयमार जारी सिजनमा भने उच्च लयमा रहेका छन्। नेयमार गोल र असिस्ट दुवैमा यस सिजन अब्बल ठहरिएका छन्।

प्रिमियर लिगमा जानु उनको लागि नयाँ चुनौती हुन सक्छ। धेरै नै धनी न्यूकासल युरोपेली परिदृश्यमा आफ्नो आगमन घोषणा गर्न एक सुपरस्टार हस्ताक्षर गर्न चाहन्छ। यस्तोमा नेयमार जति राम्रो खेलाडी को हुन सक्ला र ?

चेल्सीको नयाँ मालिक, टोड बोहली, यस्तै मनसाय हुन सक्छन्। मेमा क्लबको मालिक बनेदेखि अमेरिकीले राम्रोसँग खर्च गरेका छन्। यद्यपि, नेमारको स्ट्यामफोर्ड ब्रिजमा सम्भावित आगमन क्लबको इतिहासमा कोसेढुङ्गाको पल हुनेछ।

सम्बाददाता

Leave a Reply

Next Post

पिएसजीले छोडे पछि नेयमारलाई ठूलो झड्का!

Sat Jan 7 , 2023
काठमाण्डौ। विभिन्न खेल मिडियाहरुले गरिरहेको दावीलाई मान्ने हो भने पेरिस सेन्ट जर्मेनले नेयमार जुनियरलाई बेच्ने निर्णय लिएको छ। युरोपबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले पिएसजीले नेयमारलाई बिक्री गर्ने निर्णय गरेको दावी गरेका हुन्। क्लबको भविष्यलाई लिएर पिएसजीले नेयमारलाई बिक्री गर्ने निर्णय गरेको बताइएको छ। गत समर ट्रान्सफर विन्डोमा पनि पिएसजीले […]

You May Like

error: