साउदीमा रोनाल्डोको रिपोर्टर बन्न केहि घण्टामै हजारौ आबेदन

काठमाडौँ ।

अरेबियन बिजनेस नामको एक म्यागजिनले ‘रोनाल्डो कोरेस्पोन्डेन्ट’ को माग गरेकाे छ। रोनाल्डोले अल नासर क्लबका लागि डेब्यु गर्ने भएसँगै अरेबियन बिजनेसले उनको हरेक गतिविधिका लागि ‘स्पेसलिस्ट’ रूपमा रोनाल्डोका लागि मात्र रिपाेर्टटर राख्ने निर्णय गरेको थियो।

किनकि उनी साउदी पुगेसँगै उनका हरेक गतविधिका बारेमा उसले सानोभन्दा सानो जानकारी दिने उद्धेश्य राखेको थियो।

म्यागजिनका म्यानेजिङ एडिटर भन्छन्, ‘हाम्रो म्यागजिनले मध्य पूर्वको सबै खबरहरू कभरेज गर्दै आएको छ। यो म्यागजिनले नै सनसनीपूर्ण समाचारहरू पनि ब्रेक गर्ने गर्छ।

अहिलेको अवस्थामा रोनाल्डो भन्दा ठूलो समाचार केही छैन। त्यसैले हामी बिस्तारमा रोनाल्डोका हरेक गतिविधिको आधिकारिक सूचना दिन चाहन्छौँ।’

उनका अनुसार म्यागजिनले युवा र रोनाल्डोको गतिविधि नजिकबाट नियाल्न सक्ने रिपोर्टरकाे खोजी गरिरहेका छन्। जहाँ रोनाल्डोले मैदान भित्र र बाहिर कस्ता गतिविधि गरिरहेका छन् भन्ने थाहा होस्।

अरेबियन बिजनेसका अनुसार उनीहरूले सूचना निकालेको २४ घण्टामा यो पदका लागि हजारभन्दा बढी आवेदन दिइसकेका छन्। रोनाल्डो क्लबसँग जोडिएसँगै अल नसर क्लबको सामाजिक सञ्जालमा ८० लाख बढी मानिसहरूले फलो गरेका छन्।

साथै उनी पहिलो पटक गत सोमबार साउदी अरब पुग्दा एयरपोर्टमा उनलाई हेर्नका लागि २५ हजार ज्यादा दर्शक पुगेका थिए। रोनाल्डोले नासरमा आफ्नो जोडी खोजिरहेका छन्।

रिपोर्टअनुसार रोनाल्डोले पेपेलाई क्लबमा ल्याउनका लागि प्रयास गरिरहेका छन्। ३९ वर्षीय पेपे पोर्चुगलमा रोनाल्डोसँगै खेल्छन्। साथै दुईले रियल म्याड्रिडमा पनि सँगै खेलेका थिए। अहिले उनी पोर्चुगिज क्लब एफसी पोर्टोबाट खेलिरहेका छन्।

क्लब अध्यक्ष उनलाई क्लबमा नै राख्न चाहन्छन्। यी दुईले सँगै रहँदा ३ च्याम्पियन्स लिग २ लालिगा र ३ कोपा डेल रे जितेका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

गर्लफ्रेन्डका कारण साउदीमा फसे रोनाल्डो, साउदी सरकारले गर्न सक्ला कारबाही?

Sat Jan 7 , 2023
काठमाडौं । फुटबल स्टार तथा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले हालै साउदी अरेबियाको फुटबल क्लब अल–नासर एफसीसँग अनुबन्ध गरेका छन् । रिपोर्टका अनुसार रोनाल्डोले यो सम्झौता ७५ मिलियन डलरमा गरेका हुन् । देशमा फुटबलको बढ्दो लोकप्रियता र भिजन २०३० लाई हेरेर साउदी फुटबल क्लब अल–नासर एफसीले यति ठूलो रकम खर्च गरेर […]

You May Like

error: