श्रीलंका बिरुद्द हारको सबै दोष अर्शदीप सिंहलाई दिईदै, यस्तो छ कारण

काठमाडौं ।

भारत र श्रीलंकाबीचको टी–२० सिरिजको दोस्रो खेलमा भारतको पराजयमा अर्शदीप सिंहका पाँच नो बल जिम्मेवार रहेको दोष लगाइएको छ ।

भारतका पूर्वक्रिकेटर सबा करिमले न्यूज च्यानल इन्डिया न्यूजसँगको कुराकानीमा भारतीय टोलीको बलिङमाथि प्रश्न उठाउदै अनुशासनको कमी भएको औंल्याएका छन् ।

उनले बलिङ राम्रो हुनुपर्ने भए पनि ध्इान नपुगेको सुनाए । ‘ हामीले अन्तिम तीन ओभरमा धेरै रन दियौं। अन्तिम ओभरमा शिवम मावीले २० रन दिए । यस विषयमा छलफल हुनुपर्छ । तर, सबैभन्दा ठूलो गल्ती यो थियो कि हामीले यति धेरै नो बल गर्यौं,’ उनले भने ।

उनले अगाडि थपे, ‘यदि तपाइँ टी–२० मा नो बल गर्दै हुनुहुन्छ भने, तपाइँ यो भन्दा ठूलो गल्ती गर्न सक्नुहुन्न। आज भारतले त्यही गरेको छ । नो बलमा एक फ्री हिट दिनु पर्छ। त्यसमा पनि भारतले २०–२५ अतिरिक्त रन दिएको थियो । अनुशासनको अभाव देखियो ।’

उनले अर्शदीप सिंहको फिटनेसबारे पनि प्रश्न गरे । अर्शदीप सिंह जे भए पनि नो बल गर्दैनन्। उनी लामो समयपछि खेल्न आएका हुन् । उनमा अभ्यासको कमी थियो जसका कारण उनले नो बल गरे ।’

बिहीबार सम्पन्न टी २० सिरिजको दोस्रो खेलमा श्रीलंकाले भारतलाई १६ रनले पराजित गरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०६ रन बनाएकोमा भारतले ८ विकेटमा १९० रन मात्रै बनाउन सक्यो ।

खेलमा अर्शदीप सिंहले दुई ओभरमा पाँच नो बल दिए । उनले आफ्नो पहिलो ओभरमा लगातार तीन नो बल दिएर ह्याट्रिक गरे । यसपछि कप्तान हार्दिक पाण्डेय उनलाई बलिङबाट हटाएका थिए । तर १९ औं ओभरमा अर्शदीप फेरि बलिङमा फर्किए ।

यस ओभरमा पनि उनको एक नो बलमा क्याच आउट भएका श्रीलंकाका खेलाडी दासुन शनाकालाई जीवनदान मिलेको थियो । यसबाट हार्दिक पाण्डेय निराश बने ।

अर्शदीपले दुई ओभरमा बिना विकेट ३७ रन दिए । त्यस्तै शिवम मावीले चार ओभरमा बिना विकेट ५३ रन दिए ।

सम्बाददाता

Leave a Reply

Next Post

पिएसजीको फ्रेन्च कप स्क्वाडबाट मेस्सी र नेयमार दुवै आउट !

Fri Jan 6 , 2023
काठमाडौँ। अर्जेन्टिनी स्टार लियोनेल मेस्सी र नेयमार दुवै पेरिस सेन्ट जर्मेन(पिएसजी)को स्क्वाडबाट आउट भएका छन्। मेस्सी र नेयमार दुवै फ्रेन्च कपमा च्याटोरोक्सको सामना गर्ने पिएसजीको टोलीबाट बाहिरिएका हुन्। मेस्सी र नेयमार दुवै शुक्रबार राति हुने खेलमा नहुने पिएसजीले पुष्टि गरेको छ। खेल अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा क्लबका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले […]

You May Like

error: