मेस्सीको साथी इन्जोको विश्वकपपछि १२ गुणा मूल्यमा वृद्धि,भयो मिलियन युरोको वर्षा

काठमाण्डु।

अर्जेन्टिनाका युवा मिडफिल्डर इन्जो फर्नान्डेज अहिले युरोपका धनी क्लबको नजरमा परेका खेलाडी हुन्।फिफा विश्वकप २०२२ मा उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका २१ वर्षीय फर्नान्डेजले मेक्सिकोविरुद्ध गोल समेत गरेका थिए।

अर्जेन्टिनाले विश्वकप २०२२ को उपाधि जित्दा टिममा प्रभावकारी भूमीका निर्वाह गरेका फर्नान्डेज यो सिजनको सुरुवातमा युरोप आएका थिए।उनी अर्जेन्टिनाको रिभर प्लेटबाट १० मिलियन युरोमा २३ जुन २०२२ मा पोर्चुगलको बेन्फिकामा आबद्ध भएका थिए।

विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेसँगै उनीमाथि अहिले युरोपका चर्चित क्लबले नजर लगाइरहेका छन्।जसका कारण बेन्फिकाले उनको रिलिज क्लज १२० मिलियन युरो राखेको स्काइ स्पोर्ट्सले लेखेको छ।उनलाई भित्र्याउन चेल्सीले पहल गरिरहेको बिबिसीले उल्लेख गरेको छ।

उनको रिलिज क्लब सुरुमै तिर्न चेल्सी तयार भने छैन। चेल्सीलाई भित्र्याउन किस्तामा रकम तिर्न प्रस्ताव गरेको स्काइ स्पोर्ट्सको दाबी छ। तर बेन्फिकाले उनलाई अहिले क्लबमै राख्न चाहेको छ।यो सिजनपछि उनीसँग थप सम्झौता गर्ने बेन्फिकाले तयारी गरेको छ।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंका बिरुद्द हारको सबै दोष अर्शदीप सिंहलाई दिईदै, यस्तो छ कारण

Fri Jan 6 , 2023
काठमाडौं । भारत र श्रीलंकाबीचको टी–२० सिरिजको दोस्रो खेलमा भारतको पराजयमा अर्शदीप सिंहका पाँच नो बल जिम्मेवार रहेको दोष लगाइएको छ । भारतका पूर्वक्रिकेटर सबा करिमले न्यूज च्यानल इन्डिया न्यूजसँगको कुराकानीमा भारतीय टोलीको बलिङमाथि प्रश्न उठाउदै अनुशासनको कमी भएको औंल्याएका छन् । उनले बलिङ राम्रो हुनुपर्ने भए पनि ध्इान नपुगेको […]

You May Like

error: