अल नासरको आजको खेल स्थगित, यस्तो छ कारण

काठमाडौँ ।

साउदी प्रो लिग अन्तर्गत अल नासरको आजको खेल स्थगित भएको छ । क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएको अल नासरको खेलको प्रतिक्षा गरिरहेकाहरुलाई खेल स्थगित भएपछि निराश बनाएको छ ।

अल नासरले रियादमा ठुलो वर्षा भएकोले स्टेडियमको बिजुलीमा समेत समस्या आएपछि आजको खेल २४ घण्टा पछाडी सारिएको जनाएको छन् ।

अब यो खेल शुक्रबार राति हुने भएको छ । आजको खेलमा अल नासरले अल ताईविरुद्ध खेल्ने तालिका थियो । आजको खेलमा रोनाल्डोले डेभ्यु गर्नसक्ने भन्दै अल नासरको स्टेडियम मरसूल पार्कको पुरै टिकट सोल्ड आउट भएको थियो ।

यद्यपी रोनाल्डोले अल नासरमा कहिले डेभ्यु गर्दैछन भन्ने स्पष्ट रहेको छैन । रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडमा रहदा एभर्टनका एक फ्यानको मोबाइल फुटाइ दिएको आरोपमा इङल्याण्डको फुटबल फेडेरेसनले दुई खेलको प्रतिबन्ध लगाएको थियो ।

अब फिफाको यो नियम अनुसार रोनाल्डोले अल नासरमा दुई खेल खेल्न नपाउने डेली मेलले उल्लेख गरेको छ । तर यस बारेमा अल नासरले अहिलेसम्म स्पष्ट जानकारी दिएको छैन ।

यो पनि : रोनाल्डोबाट साउदी अरबलाई कस्ता फाइदा हुनेछ ?
क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि अल–नासरले ट्वीट गर्यो, ‘इतिहास बनिरहेको छ । यो सम्झौताले हाम्रो क्लबलाई मात्रै नभई हाम्रो लिग, हाम्रो देश र भावी पुस्ता, केटा र केटीहरूलाई उनीहरुको सर्वश्रेष्ठ प्रदर्शन दिनका लागि पनि प्रोत्साहन दिनेछ ।’

सम्झौताको घोषणा गर्दै रोनाल्डोले भने,‘‘म फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु ।’ ‘अल–नासरले जुन उद्देश्यसहित काम गरिरहेको छ र पुरुष र महिला फुटबलको हिसाबले जसरी साउदी अरबमा विकसित भइरहेको छ, त्यो प्रेरणादायी छ । हामी विश्व कपमा साउदी अरबको हालैको प्रदर्शन देख्न सक्छौँ कि यो फुटबलको हिसाबले एक निकै क्षमतावान देश हो ।’

निस्सन्देह, यो सम्झौताले रोनाल्डोलाई इतिहासमा सबैभन्दा धेरै कमाउने फुटबलर बनाएको छ, तर साउदी अरबले पनि उनको स्टारडमबाट फाइदा लिन सक्छ ।

मिडल इस्ट इकोनोमी वेबसाइटले लेखेको छ – रोनाल्डोले २०३० फिफा विश्वकप आयोजना गर्ने साउदी अरबको बोलीलाई बलियो बनाउन सक्छन् । विशेषगरी रोनाल्डोको आगमनसँगै अहिले मिडियाको पूर्ण ध्यान साउदी फुटबलमा केन्द्रित भएको छ ।

वेबसाइटले साउदी पर्यटन मन्त्री अहमद अल–खतिबलाई उद्धृत गर्दै भन्यो, ‘साउदी अरब फिफा विश्व कप २०३० का लागि इजिप्ट र ग्रिससँग संयुक्त आयोजनाको प्रस्ताव दिन सक्छ ।’

अहमद अल(खतिबले एक अन्तर्वार्तामा भने, ‘हामी इजिप्ट र ग्रीससँग मिलेर प्रस्ताव बनाउने सोचिरहेका छौं र हामी सफल हुनेछौं भन्ने आशा छ । तीनवटै देशहरूले पूर्वाधारमा ठूलो लगानी गर्नेछन् र पूर्ण रूपमा तयार हुनेछन् । र मलाई थाहा छ कि त्यतिबेलासम्म साउदी अरबमा गज्जबको रंगशाला बनिसकेको हुनेछ ।’

साउदी अरबले यसअघि नै वार्षिक फर्मुला १ रेस र एसियाली शीतकालीन खेलकुद २०२९ लगायत अन्य अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना पाइसकेको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

दाेस्राे टी-२० मा भारत बिरुद्द श्रीलंकाको सानदार जीत

Fri Jan 6 , 2023
काठमाडौं । श्रीलंकाले भारतविरुद्धको शृंखला अन्तर्गत दाेस्राे खेलमा १६ रनकाे राेमान्चक जित हासिल गरेकाे छ । पहिलाे खेलमा २ रनले हारेकाे श्रीलंकाले याे जितसँगै शृंखला बराबरी गरेकाे हाे ‌। शनिबार हुने तेस्राे खेलले शृंखलाकाे विजेता टुंगो लगाउने छ । पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको श्रीलंका कुशल मेन्डिस […]

You May Like

error: