अन्जन र अनन्तको टिममाथि जित हासिल गर्दै भुटनीज फाइनलमा,यी खेलाडीले गरे जितको गोल

काठमाण्डौ।

अमेरिकाको भुटनीज युथ सकर क्लब युएसएले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ ।

पोखरा रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाईटेडलाई १-० गोल अन्तरले हराउँदै भुटनीजले फाइनलमा स्थान बनाएको हो ।भुटनीजको जितमा रोजिन प्रजापतिले निर्णायक गोल गरे ।

रोजिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।अब भुटनीजले उपाधिका लागि फाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।संकटाले एपीएफलाई हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन् ।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ ।हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

भारत र पाकिस्तान एकै समुहमा !

Thu Jan 5 , 2023
काठमाडौँ । एसियाली क्रिकेट काउन्सिल (एसीसी)का अध्यक्ष जय शाहले आगामी दुई वर्षका लागि एसियाली क्रिकेटको रोडम्याप सार्वजनिक गरेका छन् । उनले सन् २०२३ र २०२४ मा एसियामा आयोजना हुने प्रमुख प्रतियोगिताको सबैलाई जानकारी गराए । यस क्रिकेट क्यालेन्डरमा भारत र पाकिस्तान (IND v PAK) को टोली आगामी दुई एसिया कपमा […]

You May Like

error: