सोमपालको घातक बलिङमा जनकपुर प्लेअफमा

काठमाडौं ।

काठमाडौंमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा जनकपुर रोयल्स प्लेअफमा स्थान पक्का गर्ने दोस्रो टोली भएको छ । टियु मैदानमा भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ६६ बल अगाबै ६ विकेटले पराजित गरेको हो । पोखराबाट जितको लागि ६९ रनको सामान्य लक्ष्य जनकपुरले ६६ बल अगाबै ४ विकेट गुमाएर पूरा गर्यो ।

जनकपुरका लागि सरफुदिन असरफले २७ बलमा ३७ रन बनाउँदा कप्तान ट्राभोन ग्रिफिथ १७ रनमा आउट भए । पवन सराफ ४ रनमा अविजित रहे ।असन प्रियरन्जन १ रन बनाएर आउट हुँदा दिलिप नाथले १ रन बनाए ।

पोखराका लागि कुशल मल्लले ३ तथा असिथा फर्नान्डोले १ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा अलआउट हुँदै ६८ रन बनायो । पोखराका लागि सिद्धान्त लोहनी १७ रनमा आउट हुँदा आसिफ शेख र कुशल मल्लले समान १६/१६ रन बनाए ।

पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।जनकपुरका लागि सोमपाल कामीले ३ तथा सरफुदिन असरफ र ललित नारायण राजवंशीले समान २/२ विकेट लिए ।

नौ खेल खेलेर ६ जित तथा ३ हार हात पारेको जनकपुर आजको खेल जिते पश्चात प्लेअफमा आफ्नो स्थान बनाउँने दोस्रो टोली भएको छ । यस अघि लुम्बिनी अल स्टार प्लेअफ पुगि सकेको छ ।

९ खेलमा १२ अंक सहित जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। नौ खेलमा तीन जित र छ हार हात पारेको पोखरालाई प्लेअफको सम्भावना हार पश्चात पनि झिनो सम्भावना भने कायमै रहेको छ ।

६ अंक सहित पोखरा अंक तालिकाको पाँचौ स्थानमा झरेको छ ।यही संस्करणको पहिलो भेटमा पनि जनकपुरले पोखरालाई हराएको थियो ।

आज नै हुने दोस्रो खेलमा काठमाडौं नाईट्स र फार वेस्ट युनाईटेडबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

अल–नासरको डेब्यु खेलमै रोनाल्डोमाथि प्रतिबन्ध

Thu Jan 5 , 2023
काठमाडौं : क्रिस्टियानो रोनाल्डोले बिहीबार निर्धारित समयमा साउदी अरेबियाको अल नासर फुटबल क्लबबाट डेब्यु गर्ने छैनन्। गत अप्रिलमा एभर्टनसँग म्यानचेस्टर युनाइटेडको १–० ले पराजित भएपछि पोर्चुगिज स्टारलाई एफएले गरेको अनुशासनात्मक कारबाहीका कारण दुई खेलको प्रतिबन्ध लगाइएको छ। साउदी प्रो लिगअन्तर्गत मिसूल पार्कमा अल ताइविरुद्ध आफ्नो पहिलो खेल खेल्न तयार रहेका […]

You May Like

error: