सन् २०२३ लाग्ने बितिकै मेस्सीले मारे बाजी, एम्बाप्पेलाई पछि पार्दै हात पारे महत्वपूर्ण अवार्ड !

काठमाडौँ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले सन् २०२३ लाग्ने बितिकै नयाँ अवार्ड पाएका छन्। अर्जेन्टिनालाई दशकौं पछि विश्वकप उपाधि दिलाएका मेस्सीले नयाँ साल लाग्ने बितिकै सन् २०२२ को उत्कृष्ट खेलाडी घोषित भएका हुन्।

मेस्सीलाई इन्टरनेशनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स (IFFHS) ले २०२२ का लागि ‘विश्वको उत्कृष्ट खेलाडी’ घोषित गरेको छ।

क्लब र देश दुवैसँग असाधारण वर्ष बिताएपछि मेस्सी वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। मेस्सीले २०२२-२३ सिजनमा उत्कृष्ट दौडको आनन्द उठाएका छन्। मेस्सी विश्वकप भन्दा अगाडी देखि नै उच्च लयमा रहेका थिए। सन् २०२१-२२ को सिजनमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि मेस्सीले सन् २०२२-२३ को सिजन सुरु भएपछि भने पिएसजीका लागि उच्च प्रदर्शन गरेका थिए।

विश्वकप सुरु हुनु भन्दा अगाडी मेस्सीले पिएसजीक लागि कुल १९ खेल खेलेका थिए। जसमा उनले १२ गोल गरेका थिए भने १४ असिस्ट दिएका थिए। गोल र असिस्टमा मात्र नभई मेस्सीले एक अब्बल प्लेमेकरको भूमिका निभाएका थिए।

सो लय मेस्सीले विश्वकपमा पनि जारी राखे। मेस्सीले विश्वकपमा उच्च प्रदर्शन गरेका थिए। मेस्सीको उच्च प्रदर्शनकै कारण अर्जेन्टिनाले विश्वकप जितेको थियो। विश्वकपका सबै चरणमा मेस्सीले गोल गरे।

मेस्सीले विश्वकप भर कुल ७ गोल गरेका थिए। साथै मेस्सीले ३ असिस्ट पनि दिन सके। मेस्सीले विश्वकपमा पनि प्लेमेकरकै भूमिका निभाएका थिए। विश्वकप जितेसँगै मेस्सीको ट्रफी क्याबिनेट पूर्ण भएको छ।

फुटबल हिस्ट्री एन्ड स्ट्याटिस्टिक्स (IFFHS) ले प्रदान गरे उत्कृष्ट खेलाडीको उपाधि हात पार्नेक्रममा किलियन एम्बाप्पे, करिम बेन्जेमा लुका मोड्रिच जस्ता खेलाडीलाई पछि पारे। एम्बाप्पेले ३५ अंक प्राप्त गर्दा मेस्सीले २ सय ७५ अंक प्राप्त गरे।

त्यस्तै तेस्रो स्थानमा रहेका करिम बेन्जेमाले ३० अंक प्राप्त गरे भने लुका मोड्रिच १५ अंक प्राप्त गरे। एर्लिङ हालान्ड ५ अंकका साथ पाँचौं स्थानमा रहे। २०२२ लाई लियोनेल मेस्सीको करियरको अहिलेसम्मकै सबैभन्दा उज्यालो वर्ष हो भन्नु गलत हुने छैन।

पीएसजीमा जीवनको सुस्त सुरुवातबाट फिर्ता हुँदै मेस्सीले विश्वको नम्बर एक फुटबलरको रूपमा आफ्नो स्थान पुन: दावी गरे। फरवार्डले पहिलो पटक अप्रिलमा फ्रान्सेली दिग्गजहरूसँग लिग १ उपाधि जित्न सफल भएका थिए।

सम्बाददाता

Leave a Reply

Next Post

साउदी अरबले किन रोनाल्डोमाथि गर्यो यति धेरै पैसाको वर्षा?

Wed Jan 4 , 2023
काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा मोरक्कोसँग १–० ले पराजित भएपछि पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो आँखा भरी आँसु लिएर मैदान छाडेको एक महिना पनि भएको छैन । पोर्चुगललाई पराजित गर्दै मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी अरब राष्ट्र बनेको थियो । विश्वकप जित्ने उनको सपना चकनाचुर भएको […]

You May Like

error: