रोहितले चौकाको वर्षा गर्दा विराटनगरको विशाल जित

काठमाण्डु।

राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टीट्वान्टी लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ ।

टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले ।यस क्रममा उनले ४ चौका र २ छक्का प्रहार गरेका थिए।

प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए । फार वेस्टका लागि नुर अहमद,प्रकाश जैशी,करण केसी र हसमतुल्लाह साहिदीले समान १/१ विकेट लिए ।

त्यसअघि ब्याटिङ रोजेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५६ रन बनायो ।फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।

विराटनगरका लागि साहाब आलमले ३ तथा कियोन जोसेफले २ विकेट लिए । राज नानन,विवेक यादव र कप्तान रोहितकुमार पौडेलले समान १/१ विकेट आफ्नो नाममा गरे ।

आठ खेलमा तीन जित पाँच हार सहित विराटनगर ६ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ ।सात खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ । हारसँगै फार वेस्टको प्लेअफ सम्भावना कमजोर बनेको छ ।

पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

अल नासर क्लब संगको पहिलो भेटमै रोनाल्डोले दिए अपत्यारिलो बयान

Wed Jan 4 , 2023
काठमाडौँ । क्रिष्टियानो रोनाल्डोले युरोपमा आफ्नो काम पूरा भएको बताएका छन् । पहिला उनलाई युरोपमा कुनै क्लबले अफर नगरेपछि साउदी अरेबिया पुगेको खबर आएको थियो। तर अहिले साउदी अरेबियाको अल नासर क्लबमा अनुबन्ध हुनुअघि आफूलाई थुप्रै युरोपेली क्लबहरुले प्रस्ताव गरेको बताएका छन । उनको यो बयान अहिले बिबादस्पद बनेको छ । […]

You May Like

error: