काठमाण्डु।
संकटा फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ ।पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता एपीएफ क्लबलाई ४-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो ।
संकटालाई जित दिलाउन स्टेफन बिनोङ र मेसुके ओलोमोउले दुई दुई गोल गरे । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाईटेड र भुटनीज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।
हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।
यो पनि पढ्नुहोस्; साउदी अरेबिया पुगे पछि रोनाल्डोले गरे यस्तो घोषणा!
क्रिस्टियानो रोनाल्डो हिजो साउदी अरेबिया पुगे। पोर्गुजिच फुटबल स्टार रोनाल्डो त्यहाँको क्लब अल नासरसँग अनुबन्धित भएका छन्। हिजो एक कार्यक्रमबिच कल्बले उनलाई स्वागत गरेको हो।
अल नासरको होम ग्राउन्ड मरसुल पार्कमा हजारौं समर्थकबिच रोनाल्डो क्लबको जर्सीमा सार्वजनिक भएका थिए।इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि फ्रि एजेन्ट बनेका रोनाल्डो साउदीको क्लबमा २०२५ सम्मका लागि अनुबन्धित भएका हुन्।
अल नासरमा फुटबलको इतिहासमै सबै भन्दा ठूलो रकम रोनाल्डोले पाउँदैछन्। उनले हरेकवर्ष १७७ मिलियन पाउन्ड भन्दा बढी पाउने बताइएको छ।
रोनाल्डोको यो कदमलाई धेरैले आलोचना गरिरहेका छन्।क्लबले आयोजना गरेको कार्यक्रममा रोनाल्डोले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काएका छन्।
‘धेरै मानिसहरु बोल्छन् र आफ्नो विचार दिन्छन्। तर उनीहरुलाई फुटबलबारे केही थाहा छैन। विगतको १०-१५ वर्षदेखिको फुटबल हेर्ने हो भने यो खेल फरक हुँदै गएको छ। सबै टोलीहरु जित्नका लागि तयारी गरिरहेका छन्।
उनीहरु धेरै नै तयार छन्,’ प्रेस कन्फरेन्सका क्रममा उनले भने, ‘त्यसैले साउदी आउने मेरो करियरको अन्त्य होइन। म यो परिवर्तन गर्न चाहन्छु। त्यसैले मानिसहरु के भन्छन् भनेर म मतलब गर्दिन।’
उनले आफूलाई विश्वका अरु क्लबहरुले पनि ‘अफर’ गरेको तर आफूले साउदीको क्लबलाई नै आफ्नो लागि उपयुक्त मानेर छानेको बताए।
रोनाल्डोले आफू साउदीमा आउनु बाध्यता नभएर आफ्नो रोजाई रहेको संकेत गरे । ‘यसअघि कसैलाई थाहा थिएन । तर मलाई युरोप, ब्राजिल, अष्ट्रेलिया, अमेरिका र पोर्चुगलकै क्लबबाट पनि अनुबन्धनको प्रस्ताव आएको थियो । मलाई थुप्रै क्लबले भित्र्याउन खोजेका थिए । तर मैले अल नासरलाई वचन दिइसकेको थिएँ,’ रोनाल्डोले भने ।
‘मैले युरोपको ठूला क्लबका लागि खेलें । सम्भव भएको सबै सफलता हासिल गरिसकें । अब एसियामा नयाँ चुनौतीको सामना गर्न आएको छु,’ उनले भने ।