भायानेट कम्युनिकेसन की सीईओ सेवा पाठक लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा सम्मानित – Khoj Dainiki

भायानेट कम्युनिकेसन की सीईओ सेवा पाठक लिडरशिप फिमेल अफ द इयर २०२२ द्वारा सम्मानित

काठमाडौँ ।

भायानेट कम्युनिकेसन्सकी प्रमुख कार्यकारी अधिकृत सेवा पाठक बोहरालाई नेपालको प्राविधिक क्षेत्रमा गरेको असाधारण नेतृत्व र योगदानको लागि एचआरएम लिडरसिप फिमेल अफ द इयर अवार्डबाट सम्मानित गरिएको छ।

उहाँ देशको प्रविधि क्षेत्रमा नेतृत्व गर्ने पहिलो महिला मध्ये एक हुनुहुन्छ। सन् २०१२ मा भायानेटको वित्त तथा संचालन निर्देशकका रूपमा भायानेटमा आउनुभएको पाठक सन् २०१८ मा कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्नुभएको थियो।

उहाँको कार्यकालमा भायानेटले आफ्नो गुणस्तरीय इन्टरनेट र आईपीटीभी सेवाहरूको स्तरोन्नति गर्दै देशैभर द्रुत रूपमा विस्तार गरिरहेको छ।

एचआरएम अवार्ड कर्पोरेट क्षेत्रमा भएका विविध विधाका उत्कृष्टतालाई पुरष्कृत गर्ने उद्देश्यले सन् २०२१ मा स्थापना भएको वार्षिक पुरष्कार हो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपाल-यूएई खेल हुँदा धेरै भारतीयले कीर्तिपुर मैदानमै आएर गरेका थिए बेटिङ, यस्तो छ कारण

Tue Jan 3 , 2023
काठमाडौं । मंसिर २ गते कीर्तिपुर क्रिकेट मैदानमा नेपाल र यूएईबीच एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल भएको थियो । खेलकै बीच नेपाल प्रहरीको केन्द्रीय अनु्सन्धान ब्युरो-सीआईबीले ठूलो संख्यामा दर्शकहरुलाई नियन्त्रणमा लिएको थियो । सादा पोसाकको प्रहरी टोलीले केही समयको निगरानीपछि उनीहरुलाई ‘उठाएको’ थियो । प्रहरीले नियन्त्रणमा लिएका ४४ जना सबै भारतीय […]

You May Like

error: