२४ वर्षका यी खेलाडीलाई खेल क्रममा नै हृदयघात,अवस्था चिन्ताजनक

काठमाडौं ।

अमेरिकी फुटबल स्टार डेमार ह्यामलिन युएस नेशनल फुटबल लिग (एनएफएल) को खेलमा विपक्षी टोलीका खेलाडीसँग ठोक्किएपछि मैदानमा लडेका छन्।

उनलाई हृदयघात भएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । २४ वर्षका ह्यामलिन द बफेलो बिल्सको लागि खेल्छन्। उनीहरुको खेल सिनसिनाटी बेङ्गल्ससँग थियो ।

खेलको पहिलो क्वार्टरमा भिडन्त भएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार उनलाई पहिलो ३० मिनेट मैदानमै उपचार दिइएको थियो । पछि स्थानीय अस्पतालमा भर्ना गरियो। घटनाको एक घण्टापछि एनएफएलले खेल स्थगित गरेको थियो।

यो पनि / गएको वर्ष अर्थात् सन् २०२२ मा भारतीय रुपैयाँ १० वर्षयताकै कमजोर बनेको छ । गएको वर्ष अमेरिकी डलरको तुलनामा भारु ११ प्रतिशतभन्दा धेरैले कमजोर बनेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०२२ मा भारतीय मुद्रा सन् २०१३ यताकै सबैभन्दा कमजोर अवस्थामा पुगेको हो । एसियाका मुद्राहरूमध्ये भारुको अवस्था सबैभन्दा कमजोर बनेको पनि भारतीय रिजर्भ बैंकलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । २०२१ को अन्तिम दिन एक अमेरिकी डलरको मूल्य ७४ रुपैयाँ २९ पैसा थियो।

२०२२ को अन्तिम दिन ८२ रुपैयाँ ६१ पैसा पुगेको थियो । यसरी एक वर्षभित्रै डलरको तुलनामा भारु आठ रुपैयाँ ३२ पैसाले कमजोर भएको छ । विदेशी मुद्रा बजारमा अस्थिरता, रुस–युक्रेन युद्धका कारण विश्वमा कच्चा तेल महँगो र महँगीका कारण भारु कमजोर भएको विज्ञहरूले बताएका छन् ।

अमेरिकी डलर सन् २०१५ यताकै बलियो स्थितिमा देखिएको छ । मूल्यवृद्धि नियन्त्रण गर्न अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर बढाउनुपरेको थियो । जसका कारण डलरमा विदेशी लगानी बढ्दा डलर झनै बलियो बनेको छ ।

भारु कमजोर र डलर बलियो बनेकै कारण गएको वर्ष विदेशी लगानीकर्ताले भारतबाट अर्बाैँ डलर बराबरको लगानी र नाफा अरू देशमा लगेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

फिक्सिङको आशंकामा जारी नेपाल टी-२० माथि अनुसन्धानमा उत्रियो सीआईबी

Tue Jan 3 , 2023
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले नेपाल टी-२० क्रिकेट लिगमा फिक्सिङ भएको सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ । खेलाडीहरुले नै फिक्सिङका लागि ‘अप्रोच’ भएको बताएपछि गम्भीर रुपमा अनुसन्धान सुरु गरिएको सीआईबीका एक अधिकृतले बताए । ‘अहिलेसम्म त्यस्तो कुनै प्रमाण फेला परेको छैन’, ती अधिकृतले भने । सीआईबीको टोलीले बेटिङ […]

You May Like

error: