जेलमा मानसिक समस्यामा सन्दीप लामिछाने, यस्तो छ उनको स्वास्थ्य अवस्था

काठमाडाैँ।

नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ।

बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।

सन्दीपलाई वरिष्ठ मनोविद शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। सुन्धारास्थित केन्द्रीय कारागारमा अन्य कैदीबन्दीसँगै सन्दीप पनि रहेका छन्।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने, ‘मानसिक रूपमा अलि डिप्रेस देखिएकाले उनलाई सोमबारबाट मानसिक परामर्शमा राखेका हौँ।’ रेग्मीले पनि उनको अवस्था सामान्य नपाएको बताएको घिमिरेले जानकरी दिए।

उनलाई आवश्यक परामर्श समय मिलाएर २,३ दिनमा दिइने जानकारी घिमिरेले दिए। सन्दीपकका वकिल सरोजकृष्ण घिमिरेले भने ‘अन्य जघन्य अपराधमा संलग्न कैदीबन्दीहरूसँगै सन्दीप पनि रहेको छ।

उनीहरूको संगत र अनावश्यक कुराहरूले सन्दीप मानसिक रूपमा नै थकित देखिएको छ। त्यसैले उसलाई मानसिक रूपमा कमजोर हुन नदिन प्रयास गर्न लागेका हौँ।’

यो पनि : मेस्सी र नेयमार नहुँदा फ्रेन्च लिग वानमा पीएसजीको लज्जास्पद हार
फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । गयराति भएको खेलमा पीएसजीलाई दोस्रो स्थानमा रहेको लेन्सले ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको ४४ अंक रहेको छ भने लेन्सको ४० अंक रहेको छ ।दुवै टिमले १७ खेल खेलेका छन् ।गयराति घरेलु मैदानमा लेन्सले ५ औं मिनेटमा अग्रता लिएको थियो ।

प्रजेमिस्लाव एडम फ्रान्कोस्की ले गोल गर्दै अग्रता दिलाएका थिए ।आठौं मिनेटमा पीएसजीका लागि ह्युगो एकिटिकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

विश्वकप विजेता लियोनल मेस्सी अझै क्लबमा आएका छैनन् भने नेयमार दोहोरो पहेँलो कार्डका कारण खेल गुमाएकाले पीएसजी दवाबमा आएको थियो ।एम्बाप्पेले केही प्रयास गरे पनि टिमका लागि पर्याप्त भएन ।

इकोमा लोइस ओपेन्डाले २८ औं मिनेटमा गोल गरेपछि लेन्सले अग्रता २–१ बनायो ।क्लाउड मौरिसले ४८ औं मिनेटमा गोल गर्दै लेन्सलाई ३–१ गोल अन्तरको जित दिलाए ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सिबारे ठट्टा गर्दै यस्तो भन्छन रोनाल्डोका नयाँ प्रशिक्षक !

Mon Jan 2 , 2023
काठमाडौं । क्रिष्टियानो रोनाल्डोका प्रशिक्षक रुडी गार्सियाले लिओनल मेसीलाई पहिला ल्याउन चाहेको भन्दै ठट्टा गरेका छन् । साउदी अबरको क्लब अल नासरले हालै मात्र पोर्चुगिज स्टार रोनाल्डोलाई महँगो मूल्यमा क्लबमा अनुबन्ध गरेको छ । यो क्लबले सर्जिओ रामोस लगायतका स्टार खेलाडीहरुलाई पनि भित्र्याउन चाहेको छ । २०२२ को अन्त्यमा रोनाल्डोलाई […]

You May Like

error: