आईसियुमा रहेका ऋषभ पन्तलाई लगायो अर्को ठूलो आरोप !

काठमाण्डौ।

भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परेर उपचार गराइरहेका छन्। आफैंले चलाएको कार डिभाइडरमा ठोकिएर भएको दुर्घटनाबाट उनको कार ध्वस्त भएको थियो तर उनको अवस्था भने खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन्।

हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्घृत गर्दै उनले मदिरा सेवन गरेर गाडी चलाएको आरोप लागिरहेको छ। तर उत्तराखण्ड प्रहरीले उक्त आरोप खारेज गरिदिएको छ। मदिरा सेवन र बढी गति दुवै नरहेको बताइएको छ।

सडक बीचमा एक्कासी देखिएको खाडलबाट जोगिन खोज्दा गाडी अनियन्त्रित भएको उल्लेख गरिएको छ। उनले ८० किलोमिटर प्रतिघण्टाको स्पिडमा कार चलाइरहेको बताइएको छ। यसअघि उनी प्रतिघण्टा २०० किलोमिटरको गतिमा रहेको हल्ला चलेको थियो।

एसएसपी अशोकले भनेका छन्, ‘उनको गाडी धेरै गतिमा थिएन। मदिरा सेवन गरेको पनि देखिएन। सडकबीचमा रहेको खाडलबाट जोगिन खोज्दा दुर्घटना भएको प्रारम्भिक जाँचमा भेटिएको छ।’

उनको अवस्था स्थिर रहेको र हाल आईसियुमा उपचाररत रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको खुट्टा, टाउको र पिठ्यूँमा चोट देखिएको छ।

यो पनि : युरोपमा लोकप्रियता घटेका बेला रोनाल्डोको रेकर्ड, मेस्सी नेयमार समेत आश्चर्यमा
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा अनुबन्धित भएका छन् । क्लब बिहिन भएको झन्डै एक महिना पछि रोनाल्डो साउदी अरेबियन टोली अल नासरसँग आबद्ध भएका हुन्।

३७ वर्षीय रोनाल्डोले साउदीको क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । अल नसरले रोनाल्डोलाई कीर्तिमानी मूल्यमा अनुबन्ध गरेको बताईएको छ ।

रोनाल्डोले अल नसरबाट एक सिजनमा २०० मिलियन डलर बढी कमाई गर्नेछन् । रोनाल्डो म्यानचेस्टर युनाईटेड छाडेपछि क्लब विहीन रहेका थिए । उनी गत वर्ष युनाईटेड फर्किएका थिए ।

पाँच पटकको बालेन डी’ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाईटेड फर्किएका थिए । उनले युनाईटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।त्यस समय उनले युनाईटेडबाट तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफए कप जितेका थिए ।

रोनाल्डो इंग्लिस क्लब छाडेर २००९ मा स्पेनिस क्लब रियल मड्रिड गएका थिए । रियलमा ९ सिजन बिताएका रोनाल्डो २०१८ मा युभेन्ट्स आएका थिए । रोनाल्डोले रियलबाट २९२ खेलमा ३११ गोल गरेका थिए ।

यस्तै, युभेन्ट्सबाट ९८ खेलमा ८१ गोल गरेका थिए । दोस्रो बसाइमा युनाईटेडका लागि ४० प्रिमियर लिगमा १९ गोल गरेका थिए । ३७ वर्षीय खेलाडीले फरक देशमा नयाँ फुटबल लिग अनुभव गर्न आफू उत्सुक रहेको बताएका छन् ।

नौपटकको साउदी लिग विजेता अल नासरले रोनाल्डोको अनुबन्धलाई नयाँ इतिहासको सुरुवातको रूपमा व्याख्या गरेको छ । रोनाल्डोलाई अर्को साउदी क्लब अल हिलाललेसमेत अनुबन्धको प्रयास गरेको थियो ।भिडियो हेर्न तलँ क्लिक गर्नुहोला ।

सम्बाददाता

Leave a Reply

Next Post

जेलमा मानसिक समस्यामा सन्दीप लामिछाने, यस्तो छ उनको स्वास्थ्य अवस्था

Mon Jan 2 , 2023
काठमाडाैँ। नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो। सन्दीपलाई वरिष्ठ मनोविद शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रिय […]

You May Like

error: