छक्का चौकाको वर्षा भएको खेलमा काठमाडौंमाथि पोखराको सानदार जित

काठमाडौं ।

राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई पराजित गरेको छ । काठमाडौैले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो ।

पोखराको जितमा उपुल थरंगा र सुमित मर्हजनले अर्धशतक बनाए । मर्हजन रनमा ७६ मा आउट हुँदा रहँदा थरंगा ५८ रनमा आउट भए ।महर्जनले ७ चौका र ३ छक्काको सहयोगमा ७६ रन बनाएका थिए । कुशल मल्ल १४ रनमा अविजित रहे ।

काठमाडौंका लागि कमल सिंह ऐरीले ३ तथा अबिनाश बोहोरा,अनिल खरेलले समान १/१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।

काठमाडौंका एलेक्स ब्लेकले बिष्फोटक ब्याटिङ गरेका थिए । काठमाडौंका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रनको अर्धशतकीय ईनिङ खेले ।उनले २३ बलमा अर्धशतक बनाएका हुन् । यस प्रतियोगितामा नै यो सर्वाधिक छिटो अर्धशतक हो ।

उनले ३ चौका र ७ छक्का प्रहार गरे । सुनाम गौतमले ४५ तथा विरनदिप सिंहले ३२ रन बनाए । पोखराका लागि तुलबहादर थापाले २ तथा प्रतिस जिशि र कुशल मल्लले समान १/१ विकेट लिए ।

छ खेल खेलेर ३ जित तथा ३ हार हात पारेर ६ अंक सहित काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा कायमै रहेको छ।आठ खेलमा तीन जित हात पारेको पोखरा छ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा काठमाडौंले पोखरालाई हराएको थियो ।यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।

इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

आईसियुमा रहेका ऋषभ पन्तलाई लगायो अर्को ठूलो आरोप !

Mon Jan 2 , 2023
काठमाण्डौ। भारतीय क्रिकेटर ऋषभ पन्त सडक दुर्घटनामा परेर उपचार गराइरहेका छन्। आफैंले चलाएको कार डिभाइडरमा ठोकिएर भएको दुर्घटनाबाट उनको कार ध्वस्त भएको थियो तर उनको अवस्था भने खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन्। हिन्दुस्तान टाइम्सले प्रहरीलाई उद्घृत गर्दै उनले मदिरा सेवन गरेर गाडी चलाएको आरोप लागिरहेको छ। तर उत्तराखण्ड प्रहरीले उक्त […]

You May Like

error: