एम्बाप्पेले र लेन्सका खेलाडीबिच खेल मैदानमा नै घम्साघम्सी

काठमाडौं।

फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । गयराति भएको खेलमा पीएसजीलाई दोस्रो स्थानमा रहेको लेन्सले ३–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको ४४ अंक रहेको छ भने लेन्सको ४० अंक रहेको छ ।दुवै टिमले १७ खेल खेलेका छन् ।गयराति घरेलु मैदानमा लेन्सले ५ औं मिनेटमा अग्रता लिएको थियो ।

प्रजेमिस्लाव एडम फ्रान्कोस्की ले गोल गर्दै अग्रता दिलाएका थिए ।आठौं मिनेटमा पीएसजीका लागि ह्युगो एकिटिकेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

विश्वकप विजेता लियोनल मेस्सी अझै क्लबमा आएका छैनन् भने नेयमार दोहोरो पहेँलो कार्डका कारण खेल गुमाएकाले पीएसजी दवाबमा आएको थियो ।एम्बाप्पेले केही प्रयास गरे पनि टिमका लागि पर्याप्त भएन ।

इकोमा लोइस ओपेन्डाले २८ औं मिनेटमा गोल गरेपछि लेन्सले अग्रता २–१ बनायो ।क्लाउड मौरिसले ४८ औं मिनेटमा गोल गर्दै लेन्सलाई ३–१ गोल अन्तरको जित दिलाए ।

यो पनि : पेलेको सम्झनामा अखिल नेपाली फुटबल संघ(एन्फा) ले लियो ठूलो निर्णय
सन् १९७७ मा सन्यास लिएका प्रख्यात फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। विश्व फुटबलका महान खेलाडीको छवि बनाएका पेलेको बिहीबार निधन भएको हो।

तीनपटक विश्वकपको उपाधि जित्ने पेले एक्ला खेलाडी हुन्। उनले आफ्नो करिअरमा १ हजार ३६३ खेलमा १ हजार २८१ गोल गरेका छन्।

पेलेको खेल र कीर्तिमानका धेरै कहानी विश्वप्रसिद्ध छन्।  तर उनका केही यस्ता कहानी पनि छन्, जुन धेरैलाई थाहा नहुन सक्छ। यहाँ पेलेका केही रोचक किस्साको चर्चा गरिएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले सर्वकालीन महान फुटबलर पेलेको निधनको शोक मनाउन सबैलाई भनेको छ । एन्फाले देशैभर सञ्चालन भइरहेको प्रतियोगिता अघि एक सातासम्म १ मिनेट मौन धारण गर्न भनेको छ।

एन्फाले सबै जिल्ला फुटबल संघ, क्लब, प्रतियोगिता आयोजकलाई एक हप्तासम्म हरेक खेलमा एक मिनेट मौन धारण गर्न पत्र पठाएको छ। एन्फाले फिफाको निर्देशन अनुसार यस्तो पत्र पठाएको हो।लामो समयदेखि क्यान्सरबाट पीडित पेलेको ८२ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

छक्का चौकाको वर्षा भएको खेलमा काठमाडौंमाथि पोखराको सानदार जित

Mon Jan 2 , 2023
काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा पोखरा एभेन्जर्सले काठमाडौं नाइृट्सलाई पराजित गरेको छ । काठमाडौैले दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९.४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । पोखराको जितमा उपुल थरंगा र सुमित मर्हजनले अर्धशतक बनाए । मर्हजन रनमा ७६ मा आउट हुँदा […]

You May Like

error: