रोनाल्डो आवद्ध भएको क्लब अल नासरको यस्तो छ बिगत र वर्तमान

काठमाडौं ।

पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरे । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् ।

साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् । रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले धेरैको ध्यान तानेको छ र यो क्लब कस्तो हो भन्नेबारेमा खोजी नीति सुरु भएको छ ।

सन् १९५५ मा स्थापित अल नासर साउदी अरबको राजधानी रियादमा रहेको छ । यो क्लब साउदीको शीर्ष डिभिजन क्लब हो । यसले साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिग(एसपीएल) खेल्छ । एसपीएलका १८ मध्ये एक क्लब हो अल नासर ।

लिग फुटबलमा साउदीको दोस्रो सफल टिम हो अल नासर । यो क्लबले ९ पटक एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । लिगमा अल हिलालले सर्वाधिक १८ पटक उपाधि जितेको छ ।

अल नासरले सन् १९९० मा साउदीको नकआउट कप र ६ पटक किङग्स् कप जितेको छ । लिगमा सर्वाधिक गोलकर्ता रहेका माजिद अब्दुल्लाह पनि अल नासरबाट खेल्छन् । साउदी अरेबियाका पूर्व स्ट्राइकर उनले १८९ गोल गरेका छन् ।

अल नासरको घरेलु मैदान भनेर मसालु पार्कलाई चिनिन्छ, जसको दर्शक क्षमता २५ हजार हो । अल नासर सन् १९९५ मा एसियाको प्रमुख क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

त्यसयता क्लबले चार पटक एएफसी च्याम्पियन लिगको उपाधि जितेको छ । प्रतिस्पर्धी क्ल अल हिलालले भने अहिलेसम्म २ पटक मात्र एएफसी च्याम्पियन्स लिग उचालेको छ ।

अल नासरको प्रशिक्षक र टिमका खेलाडी:
अल नासरको प्रशिक्षकमा फ्रेन्च प्रशिक्षक रुडी गार्सिया छन् । उनले यसअघि लिली, एएस रोमा, ओलम्पिक मार्सेले र ओलम्पिक लियोनिसको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी जुनमा अल नासरमा आवद्ध भएका थिए ।

एसपीएल क्लबले ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । जसमध्ये एउटा खेलमा सात विदेशी खेलाडीले मात्र मैदानमा उत्रिन पाउँछन् । अल नासरमा विदेशी खेलाडीको रुपमा क्यामरुनका विश्वकप नायक विन्सेन्ट अबुबकर छन् ।

उनले विश्वकपमा सर्बियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । समूह चरणको अन्तिम खेलमा ब्राजिललाई हराउनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

अर्का विदेशी खेलाडीको रुपमा कोलम्बियन गोलकिपर डेविट ओस्पिना छन् । उनले पहिले आर्सनल र नेपोलीबाट खेलेका थिए । ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्तावो पनि अल नासरमा छन् ।

अल नासरको अहिलेको प्रदर्शन:
लिगमा अल नासर १० औं चरणका खेलपछि दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल शबाब भन्दा २ अंकले पछि पर्दै अल नासर दोस्रो स्थानमा छ ।

नासरले २०२३–२४ को एएफसी च्याम्पियनसिप खेल्नका लागि यस पटक लिग च्याम्पियन हुनु पर्छ ।

रोनाल्डोले अल नासरमा के परिवर्तन ल्याउलान् ?
रोनाल्डोको फुटबल कला र गोल गर्ने क्षमता उत्कृष्ट छ । उनले क्लब फुटबलमा हालसम्म ७०० भन्दा धेरै गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले १०० भन्दा बढी गोल गरिसकेका छन् । उनी हाल ८१९ स्ट्राइक रेट सहित गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन् ।

पछिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडमा निकै उतारचढावको बावजुत पनि उनले प्रिमियर लिगमा १८ खेलमा २४ गोल गरेका थिए । उनले कतारमा सम्पन्न विश्वकप २०२२ मा पोचुर्गलबाट लगातार पाँच पटक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाए ।

त्यसपछि भने उनले पोर्चुगिज टिमको पहिलो रोजाइमा कम मौका पाए । अल नासरमा गोल गर्नेको समस्या भने छैन । टिमले लिगको १० खेलमा जम्मा २४ गोल गरेको छ, जुन शीर्ष स्थानको क्लब अल शबाबको बराबरी छ ।

सम्बाददाता

Leave a Reply

Next Post

मेस्सी र नेयमार नहुँदा फ्रेन्च लिग वानमा पीएसजीको लज्जास्पद हार

Mon Jan 2 , 2023
काठमाडौं। फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानमा पेरिस सेन्ट जर्मेइन पीएसजी पराजित भएको छ । गयराति भएको खेलमा पीएसजीलाई दोस्रो स्थानमा रहेको लेन्सले ३–१ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको ४४ अंक रहेको छ भने लेन्सको ४० अंक रहेको छ ।दुवै टिमले १७ खेल खेलेका छन् ।गयराति घरेलु मैदानमा […]

You May Like

error: