काठमाण्डु।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सलाई लुम्बिनी अल स्टारले पराजित गरि प्लेअफमा प्रवेश गरेको छ ।लिगको सातौं खेलमा छैटौं जित हात पार्ने क्रममा विराटनगर १२ रनले पराजित भएको हो ।
आज भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ ओभरमा अलआउट भएर १ सय १० रन बनायो । विराटनगरका लागि अर्जुन साउदले सर्वाधिक ४१ रन बनाए । गौरान्शु शर्माले १२ तथा पृथु बास्कोटाले ११ रन बनाए ।
लुम्बिनीका लागि श्याड्ली भान,तिलक भण्डारी र ह्यारी टेक्टरले समान २/२ तथा किशोर महतो,कप्तान दीपेन्द्र सिंह ऐरी र हरमित सिंहले समान १/१ विकेट लिए ।त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो।
लुम्बिनीका लागि कपतान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतकीय ईनिङ खेले । कुशल भुर्तेल, ह्यारी टेक्टर र अनिल शाह समान १३/१३ रनमा आउट भए । विराटनगरका लागि विवेक यादव,सुर्य तामाङ र नन्दन यादवले समान २/२ विकेट लिए । कियोन जोसेफ र राज नाननले समान १/१ विकेट लिए ।
सात खेल खेलेर छ जित हात पारेको लुम्बिनी ६ खेलमा १० अंकका साथ अंक तालिकाको र्शीष स्थानमा रहेको छ । ६ खेल खेलेर दुई जित हात पारेको विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।यही संस्करणको पहिलो भेट पनि लुम्बिनीले विराटनगरलाई पराजित गरेको थियो ।
यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ ।डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ ।
त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् ।इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।
यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।