मछिन्द्रमाथि अन्जन र अनन्तको टिम चर्च ब्वाइजको विशाल जित, यी खेलाडीले गरे गोल

Pic Credit: GoalNepal.com

काठमाण्डु।

चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले २२ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।पोखरा रंगशालामा आइतबार मछिन्द्र फुटबल क्लबलाई ३-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज अन्तिम चारमा पुगेको हो ।

चर्च ब्वाइजको जितमा आशिष चापागाईले दुई गोल गरे । आशिष चौधरीको नाममा एक गोल रह्यो ।मछिन्द्रका सौरभ सुब्बाले एक गोल फर्काए ।खेलको २३ औं मिनेटमा आशिष चापागाईले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजको अग्रता २-० को बनाए ।खेलको ६६ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै चर्च ब्वाइजलाई ३-० को अग्रता दिलाए ।

त्यसपछि खेलको ८९ औं मिनेटमा मछिन्द्रका सौरभले गोल गरेपनि चर्च ब्वाइज ३-१ ले विजयी भयो ।चर्च ब्वाइज आफ्नो डेब्यु सहभागितामै सेमिफाइनलमा प्रवेश गरेको हो ।

यस क्रममा आफ्नो पहिलो खेलमा शुक्रबार विभागीय टोली नेपाल पुलिस क्लबलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले क्वाटरफाइनलमा स्थान बनाएको थियो ।चर्च ब्वाइजलाई जित दिलाउन अन्जन विष्ट र अन्नत तामाङले एक एक गोल गरेका थिए।

हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले १२ लाख र उपविजेताले ६ लाख पाउने छन् । यस्तै विधागततर्फ उत्कृष्ट पाँचले जनही २५ हजार, सर्वाधिक गोलकर्ताले २५ हजार र म्यान अफ द म्याचले ८ हजार पाउने छन्।

प्रतियोगितामा वचत रकम क्लबबाट संचालित सुर्य बहादुर के. सी. स्मृती सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १० जिल्लाका १३ जना आश्रित रहेका छन् ।

सम्बाददाता

Leave a Reply

Next Post

विराटनगरमाथि लुम्बिनीको रोमाञ्चक जित,लुम्बिनीले बनायो कीर्तिमान

Sun Jan 1 , 2023
काठमाण्डु। राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा विराटनगर सुपर किंग्सलाई लुम्बिनी अल स्टारले पराजित गरि प्लेअफमा प्रवेश गरेको छ ।लिगको सातौं खेलमा छैटौं जित हात पार्ने क्रममा विराटनगर १२ रनले पराजित भएको हो । आज भएको खेलमा लुम्बिनीले दिएको १ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले १९.३ […]

You May Like

error: