आशिफ र आरिफ पहिलो पटक एउटै टिममा अनुबन्ध,पाए लाखौं रुपया

काठमाडौं।

नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि नेपाली खेलाडीको ड्राफ्ट सकिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ । ड्राफ्टबाट ६ टोलीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् ।

यस अघि शनिबार ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।अब विदेशी खेलाडीको ड्राफ्ट बाँकी रहेको छ । पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।

ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई १५ लाखमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।यस्तै पोखराले ‘ए’ श्रेणीका खेलाडी शरद भेषवाकरलाई १५ लाखमै अनुबन्ध गरेको छ । फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको कप्तानी गरेका थिए ।

पोखराले शरद भेषवाकरलाई मार्की खेलाडीमा अनुबन्ध गरेको छ ।यस टिममा नेपालका आशिफ शेख र आरिफ शेखसहित कुशल मल्ल, प्रतिष जिसी जस्तै खेलाडी रहेका छ ।

यस्तै श्रीलङ्का ३९ खेलाडीले ड्राफ्ट नाम दर्ता गराएका छन्। ए म्याथ्युज, ए गुणरत्ने, डी चंडीमल, के परेरा, टी परेरा, डी करुणारत्ने, डीडी सिल्भा, एन डिकवेला, ओ फर्नान्डो, एम पाथिराना सहित ३९ श्रीलंकाका खेलाडी रहेका छ ।पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।

पोखरा एभेन्जर्स – आसिफ शेख, शरद भेषवाकर, कुशल मल्ल, प्रतिष जिसी, आरिफ शेख, तुल बहादुर थापा, विशाल बिक्रम केसी, कृष्ण कार्की, विपिन खत्री, सुमित महर्जन, सिद्दान्त लोहनी

सम्बाददाता

Leave a Reply

Next Post

वेस्ट इन्डिजका बलर अलराउन्डर नेपाल टि-२० लिगको यो टिममा भए अनुबन्ध

Sun Sep 11 , 2022
काठमाडौं । वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले फारवेस्ट युनाईटेडबाट नेपाल टी-ट्वान्टी लिग खेल्ने भएका छन् । फारवेस्टले आइतबार अलराउण्डर कार्लोसलाई अनुबन्ध गरिएको जनाएको छ । फारवेस्टले पहिलो विदेशी खेलाडीको रुपमा कार्लोसलाई अनुबन्ध गरेको हो । ३४ वर्षीय कार्लोसले वेस्ट इन्दिज्जका लागि ४१ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् । उनले विश्वका अधिकासं ठुला […]

You May Like

error: