काठमाडौं।
नेपालको आधिकारिक फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी-ट्वान्टी लिगका लागि नेपाली खेलाडीको ड्राफ्ट सकिएको छ ।नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार नेपाली खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ । ड्राफ्टबाट ६ टोलीले नेपाली खेलाडी अनुबन्ध गरेका छन् ।
यस अघि शनिबार ६ टोलीले मार्की खेलाडी अनुबन्ध गरेको छ ।अब विदेशी खेलाडीको ड्राफ्ट बाँकी रहेको छ । पहिलो संस्करणको प्रतियोगितामा काठमाडौं कान्तिपुर, लुम्बिनी अल स्टार्स, विराटनगर सुपर किङ्स, जनकपुर रोयल्स, पोखरा एभेन्जर्स र फारवेस्ट युनाईटेडले प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं कान्तिपुरले मार्की खेलाडीमा ज्ञानेन्द्र मल्ल, लुम्बिनीले दीपेन्द्र सिंह ऐरी र विराटनगरले मार्की खेलाडीमा रोहित पौडेललाई अनुबन्ध गरेको छ । यस्तै जनकपुरले सोमपाल कामी, पोखराले आसिफ शेख र फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।
ड्राफ्टबाट ६ वटै टोलीले ‘ए’ श्रेणीका खेलाडीलाई १५ लाखमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।यस्तै पोखराले ‘ए’ श्रेणीका खेलाडी शरद भेषवाकरलाई १५ लाखमै अनुबन्ध गरेको छ । फारवेस्टले करण केसीलाई मार्की खेलाडी चयन गरेको छ।करणले गत वर्ष एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारियर्सको कप्तानी गरेका थिए ।
काठमाडौं कान्तिपुरको मार्की खेलाडीको रूपमा ज्ञानेन्द्र मल्ललाई अनुबन्ध गरेको छ।मल्लको टिममा युवा खेलाडी लोकेश बम,बसिर अहमेद,कमल सिंह ऐरी, अविनास बोहरा रहेका छन।
यस्तै श्रीलङ्का ३९ खेलाडीले ड्राफ्ट नाम दर्ता गराएका छन्। ए म्याथ्युज, ए गुणरत्ने, डी चंडीमल, के परेरा, टी परेरा, डी करुणारत्ने, डीडी सिल्भा, एन डिकवेला, ओ फर्नान्डो, एम पाथिराना सहित ३९ श्रीलंकाका खेलाडी रहेका छ ।पहिलो संस्करणको नेपाल टी-ट्वान्टी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ ।
काठमाडौं कान्तिपुर – ज्ञानेन्द्र मल्ल, लोकेश बम,बसिर अहमेद,कमल सिंह ऐरी, अविनास बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रिजाल, सन्तोष कार्की, सुनाम गौतम, गौतम केसी