काठमाडौँ ।
आइसीसी विश्वकप छनोटको अन्तर गत पपुवा न्यू गिनियामा जारी प्रतियोितामा पहिलो खेलमा पपुवा न्यू गिनियाले अमेरिका विरुद्धको खेल बराबरी भएको छ। आज भएको खेलमा २०५ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनियाले ५० ओभरमा सबै विकेट गुमाएर २०५ रन नै बनाएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४७ ओभरमा सबै विकेट गुमाएर २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो।अमेरिका लागि २ खेलाडीले अर्धसतक प्रहार गरेको छन्।उनका लागि गजानन्द सिंह रजसकरण मल्होत्राले अर्धसतक प्रहार गरेको छन्।
गजानन्द सिंहले ९० बलमा ५८ रनको योगदान दिएका छन्।यस क्रममा उनले ५ चौका र एक छक्का प्रहार गरेका छन्। जसकरण मल्होत्राले ४४ बलमा ५३ रनको योगदान दिएका छन्।यस क्रममा उनले ८ चौका र आज छक्का प्रहार गरेका छन्।निसर्ग पटेलले ४८ बलमा २४ रन जोडे।यस क्रममा उनले एक चौका प्रहार गरेका थिए।
जेसी सिंहले ३१ बलमा १७ रनको योगदान दिए। यस क्रममा उनले २ चौका प्रहार गरेका थिए।सेमो कमियाले सर्वाधिक ३ विकेट लिए।७ ओभरमा बलिङ गरेका उनले ३६ रन दिएर ३ विकेट लिए।डेमियन राभु र चाड सोपरले २/२ विकेट लिए। डामिन रभु र चाड सोपारले समान २/२ विकेट लिए । सिसि बाउ,चार्स अमिनि र नर्मन भानुवाले समान १/१ विकेट लिए ।
यता २०५ रनको लक्ष्य पछ्याएको पपुवा न्यू गिनियामाले ४९.५ ओभरमा सबै विकेट गुमाएर २०४ रन बनाएको हो।यसका लागि सेसे बाउले उत्कृष्ट प्रदर्शन गरे पनि टिमकी जीत दिलाउन सकेनन्।उनले ९६ बलको सामना गरेका थिए।यस क्रममा उनले अर्धसतक प्रहार गरेको छन्।
उनले ९६ बलमा ७० रन बनाएर आउट भए।४८.५ ओभरमा आउट भएका थिए।यस क्रममा उनले ३ चौका र एक छक्का प्रहार गरेका थिए।आज पपुवा न्यू गिनियाका कप्तान असद वालाले पनि उत्कृष्ट प्रदर्शन गरे।उनले ५२ बलमा ४० रनको योगदान दिए ।यस क्रममा उनले एक छक्का र तीन चौका प्रहार गरेका थिए।
अमेरिकाका लागि स्टेभन टेलर, सौरभ नेत्राभाल्कर तथा नोथुस केन्जीगिले समान २/२ विकेट लिए । जिसी सिंह, क्यामरोन स्टेभसन,निसार्ग पटेल,जसकरन मलहोत्राले समान १/१ विकेट लिए ।आज को बराबरीले नेपाललाई फाइदा पुगेको छ ।वानडे विश्वकप छनोट खेल्न शिर्ष ३ मा पर्नु पर्ने हुन्छ ।
तेश्रो नम्बरमा रहेको युएई र चौथो स्थानमा रहेको अमेरिकाले जति धेरै हार बेर्होर्छ नेपालको त्यति धेरै वानडे विश्वकप खेल्ने मौका बढछ । त्यसको लागि नेपालले अरु को खेलमा मात्र निर्भर नरहेर आफुले पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ।
४४ अंकसहित शीर्ष स्थानमा ओमान रहेको छ। ४० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ। यूएई तेस्रो स्थानमा रहेको छ।अमेरिका चौथो स्थानमा रहेको छ।नेपाल अहिले छैटौँ स्थानमा रहेको छ। नेपाल २० म्याच खेल्दा ११ मा हार, ८ मा जित र एक खेलमा बराबरी गरेको छ। अब नेपालले १६ म्याच खेल्न बाँकी रहेको छ।
विश्वकप छनोट हुन् बाँकी रहेका म्याचमा नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ। यदि लिग–२ को शीर्ष ३ भित्र पर्न सके नेपालले वानडे विश्वकप छनोट खेल्न पाउनेछ। शीर्ष तीनमा पर्न नसके नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ।पपुवा न्यू गिनिया भने २१ खेलमा मात्र १ खेलमा जित हासिल गरेको छ।पीएनजी अंक तालिकाको पुछारमा छ।
अंकतालिका: