घटना बारे सन्दीपले खोले मुख, के भन्छन् सन्दीप?

काठमाडौँ  ।

नाबालिगलाई बला’त्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सन्दीपविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो ।

नाबालिग बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दाेष दाबी गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफू निर्दाेष रहेको र कानुनमा विश्वास राख्ने बताएका हुन्। उनले बिदा लिएर नेपाल फर्केन पनि बताएका छन्।

‘म निर्दाेष छु, नेपालको सम्मानजनक कानुनमा पूर्ण विश्वास राख्छु’, उनले लेखेका छन्, ‘म सीपीएलबाट बिदा लिएर केही दिनभित्र नेपाल फर्किन्छु।’ उनले अगाडि लेखेका छन्, ‘म यो सबै निराधार आरोपको सामना गर्न तयार छु।’

प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बला’त्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।१७ वर्षीया नाबा’लिगलाई बला’त्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।

सन्दीपविरुद्ध हिजो पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि सन्दीप लामिछानेमाथि लागेको आरोपको विषयमा चासो देखाएको छ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सम्पर्क गरेर सन्दीपमाथि लागेको बला’त्कारको आरोपको विषयमा चासो देखाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।

‘आईसीसीले पनि बारम्बार चासो राखेको छ। के हुन सक्छ भनेर सोधेको थियो। हामीले नेपालको कानुनअनुसार यो गम्भीर आरोप भएको बतायौँ। उहाँहरुले पनि गम्भीर रुपमा लिनु भएको छ’, बिहीबार सचिव मल्लले भने।

आईसीसीको शीर्ष नेतृत्वले नै यस बारेमा आफूलाई बारम्बार सोधेको मल्लले बताए। नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध बला’त्कारको आरोपमा मंगलबार १७ वर्षीया किशोरीले जाहेरी दिएकी छन्। उनको जाहेरीसँगै घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

घटनामा उनीहरु बसेका होटलका सीसीटीभी फुटेज संकलन तथा यससँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ थालेको छ। सन्दीपविरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छ । सन्दीपले क्यानसँग सम्पर्क गर्दै आरोप झुटो भएको र आफू नेपाल फर्किएर कानुनी प्रतिवाद गर्ने बताएका छन्।

यसका लागि उनले क्यानसँग कानुनी सल्लाह तथा वकिलको बन्दोबस्त गर्न सहयोग समेत माग गरेका छन्। क्यानले कानुनी उपचारमा जान सन्दीपलाई सहयोग गर्ने बताएको छ। क्यानले भने उनको विषयमा अहिले कुनै छानबिन अगाडि नबढाउने भएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

एनसीएसमा शरद भेषावकरले पाए नया भूमिका

Sun Sep 11 , 2022
काठमाडौं । राष्ट्रिय टिमका पूर्व सदस्य शरद भेषावकर नेपाल क्रिकेट स्कुल (एनसीएस) को मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल क्रिकेट स्कुलले शुक्रबार शरदलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जनाएको छ । ३४ वर्षीय शरद लेभल २ प्रशिक्षक हुन् । उनले पछिल्लो पटक नेपालका लागि गत फेब्रुरीमा आयरल्याण्ड विरुद्ध टी-२० क्रिकेट […]

You May Like

error: