काठमाडौँ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको वरियता यथावत रहेको छ । नयाँ वरीयता अनुसार नेपालको एकदिवसीय वरीयता यथावत रहेको हो ।
नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।न्युजिल्याण्ड दोस्रो स्थानमा रहेको छ। भारत तेस्रो स्थानमा रहेको छ ।
यस्तै दक्षिण अफ्रीका चौंथो स्थानमा रहेको छ। न्युजिल्याण्ड पाँचौं स्थानमा रहेको छ।अष्ट्रेलिया छैटौं स्थानमा रहेको छ।वेस्ट इन्डिज सातौं स्थानमा रहेको छ।श्रीलंका आठौं स्थानमा रहेको छ।बंगलादेश नवौं स्थानमा रहेको छ। र अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।
यस्तै नेपाली टिमका मुख्य स्पिनर सन्दीप लामिछाने ले आफ्नो वरियतामा सुधार गरेका छन्।आईसीसीले सार्वजनिक गरेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ तर्फ २ स्थान सुधार गरेका छन्।यस अघि ३६ औं स्थानमा रहेको सन्दीप हाल २ स्थान सुधार गर्दै ३४ औं स्थानमा आएका छन्।
यता आज मात्रै सन्दीपलाई क्यानले निलम्बित गरेको छ।नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ ।क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।
नाबालिगलाई बला’त्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सन्दीपविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो ।
प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बला’त्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।१७ वर्षीया नाबा’लिगलाई बला’त्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।
सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि सन्दीप लामिछानेमाथि लागेको आरोपको विषयमा चासो देखाएको छ।
आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सम्पर्क गरेर सन्दीपमाथि लागेको बला’त्कारको आरोपको विषयमा चासो देखाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।
‘आईसीसीले पनि बारम्बार चासो राखेको छ। के हुन सक्छ भनेर सोधेको थियो। हामीले नेपालको कानुनअनुसार यो गम्भीर आरोप भएको बतायौँ। उहाँहरुले पनि गम्भीर रुपमा लिनु भएको छ’, बिहीबार सचिव मल्लले भने।
आईसीसीको शीर्ष नेतृत्वले नै यस बारेमा आफूलाई बारम्बार सोधेको मल्लले बताए। नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध बला’त्कारको आरोपमा मंगलबार १७ वर्षीया किशोरीले जाहेरी दिएकी छन्। उनको जाहेरीसँगै घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।