क्यानले गर्यो सन्दीपलाई क्रिकेटबाट नै निलम्बन!

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बित गरेको छ ।क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको जनाएको छ ।

नाबालिगलाई बला’त्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।सन्दीपविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको हो ।

प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बला’त्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।१७ वर्षीया नाबा’लिगलाई बला’त्कार गरेको आरोप सन्दीपमाथि छ । उनीविरुद्ध प्रहरी वृत्त गौशालामा मंगलबार उजुरी परेको थियो ।

सन्दीपविरुद्ध आजै पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ । हाल सन्दीप क्यारेबियन लिग खेल्नका लागि वेस्ट इन्डिजमा छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पनि सन्दीप लामिछानेमाथि लागेको आरोपको विषयमा चासो देखाएको छ।

आईसीसीले नेपाल क्रिकेट संघ (क्यान) लाई सम्पर्क गरेर सन्दीपमाथि लागेको बला’त्कारको आरोपको विषयमा चासो देखाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताए।

‘आईसीसीले पनि बारम्बार चासो राखेको छ। के हुन सक्छ भनेर सोधेको थियो। हामीले नेपालको कानुनअनुसार यो गम्भीर आरोप भएको बतायौँ। उहाँहरुले पनि गम्भीर रुपमा लिनु भएको छ’, बिहीबार सचिव मल्लले भने।

आईसीसीको शीर्ष नेतृत्वले नै यस बारेमा आफूलाई बारम्बार सोधेको मल्लले बताए। नेपाली क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध बला’त्कारको आरोपमा मंगलबार १७ वर्षीया किशोरीले जाहेरी दिएकी छन्। उनको जाहेरीसँगै घटना बारे प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

घटनामा उनीहरु बसेका होटलका सीसीटीभी फुटेज संकलन तथा यससँग जोडिएका व्यक्तिहरुसँग सोधपुछ थालेको छ। सन्दीपविरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छ । सन्दीपले क्यानसँग सम्पर्क गर्दै आरोप झुटो भएको र आफू नेपाल फर्किएर कानुनी प्रतिवाद गर्ने बताएका छन्।

यसका लागि उनले क्यानसँग कानुनी सल्लाह तथा वकिलको बन्दोबस्त गर्न सहयोग समेत माग गरेका छन्। क्यानले कानुनी उपचारमा जान सन्दीपलाई सहयोग गर्ने बताएको छ। क्यानले भने उनको विषयमा अहिले कुनै छानबिन अगाडि नबढाउने भएको छ।

सम्बाददाता

Leave a Reply

Next Post

क्यानले निलम्बन गरे पनि आईसीसीले दियो सन्दीपलाई खुसीको खबर!

Thu Sep 8 , 2022
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटको वरीयतामा नेपालको वरियता यथावत रहेको छ । नयाँ वरीयता अनुसार नेपालको एकदिवसीय वरीयता यथावत रहेको हो । नयाँ वरीयतामा नेपाल १९ औं स्थानमा रहेको छ । अघिल्लो वरीयतामा पनि नेपाल १९ औं स्थानमा रहेको थियो ।नयाँ वरीयतामा इंग्ल्यान्ड शीर्ष […]

You May Like

error: