काठमाडौं।
नेपाली खेल क्षेत्रका एक चम्किला तारा सन्दीप लामिछाने अकस्मात गहिरो संकटको दलदलमा फसेका छन् । एकातिर आफ्नै व्यक्तिगत कमजोरी र अर्कोतिर देशको त्रुटिपूर्ण कानूनी व्यवस्थाको पासोमा परेर उनको उर्बर खेल करिअर तथा निजी जीवन तहसनहस बनेको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने दोस्रोपटक म्याद थपको लागि अदालत उपस्थित गराइएका थप पाँच दिन हिरा’सतमा राख्न अदालतले अनुमति दिएको छ ।नाबा’लिगमाथि जबर’जस्ती करणी गरेको जाहे’रीका आधारमा असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीपलाई यसअगाडि सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको थियो ।
अदालतको आजको आदेशसँग अव सन्दीप कात्तिक १ गतेसम्म प्रहरी हिरा’सतमा रहनुपर्नेछ । असोज २४ गते अदालत उपस्थित गराउँदा सञ्चारकर्मीको नजरबाट लुकाइएका सन्दीपलाई आज पनि प्रहरीले सञ्चारकर्मीबाट लुकाएर अदालत उपस्थित गराएको छ ।
नाबा’लिगको पारिवारिक पृष्ठभूमि यस्तो रहेको छ।जुनेलीका बाबु राजनीतिक कार्यकर्ता हुन् । नेकपा माओवादीमा आवद्ध उनले नुवाकोटमा एउटा फार्म हाउस पनि चलाएका थिए । तर, त्यसमा घाटा खाएपछि उनी विदेशिए । केही समय साउदी अरबमा वैदेशिक रोजगारीमा रहे । उनी विदेशमा रहँदा नेपालमा पत्नीले अर्को विवाह गरिन् । विदेशबाट फर्केर उनले पनि अर्की श्रीमती भित्र्याए ।
जुनेली सानै छँदा बाबु र आमा दुवैले दोस्रो विवाह गरेपछि उनले राम्रो अभिभावकत्व पाउन सकिनन् । उनको आफ्नी आमाको तर्फबाट एक दाजु छन् । उनै दाजुले जुनेलीका तर्फबाट सन्दीपविरुद्ध जाहेरी दिएका हुन् । जुनेली जस्तै उनका दाजु पनि अल्लारे उमेरकै छन् । उनको हुलिया पनि अल्लारे नै छ ।
जुनेली काठमाडौंको एक होस्टलमा बसेर प्लस टु पढिरहेकी छन् । उनी म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनको होस्टलको चार्ज पनि एकजना साथीले तिर्दै आएको बताइन्छ । बाबु र आमा दुवैले उनीप्रति जिम्मेवारी राम्ररी निभाएका छैनन् । यद्यपि, दुवैको परिवारसँग उनको आउजाउ भने छ ।
जुनेलीले लडिरहेको का नूनी लडा इँमा बुवाआमाको खासै समर्थन वा चासो पाइँदैन । बुवा फ्रन्टमा आउनै नचाहेकाले उनका दाजुले जाहेरीमा दस्तखत गरेका हुन् ।प्रहरीले जाहेरी दर्ता गर्नुअघि काठमाडौं इन होटलको सीसीटीभी फुटेज हेरेको थियो । फुटेजमा सन्दीप र जुनेली सँगै होटलमा गएको स्पष्ट देखिएपछि जाहेरी दर्ता गर्न प्रहरी तयार भएको थियो ।(नाबा’लिगको जुनेली नाम परिवर्तन हो) ।
कहाँ चुके सन्दीप ?
त्रुटिपूर्ण कानूनको शिकार भएको देखिँदादेखिँदै पनि सन्दीपमाथि प्रश्न उठाउन सकिने केही ठाउँहरु छन् । शारीरिक चाहना परिपूर्तिका लागि मात्रै जुनेलीसँग क्षणिक रुपमा नजिकिएको आशंका गर्न सकिन्छ ।
पहिलो, उनी जुनेलीसँग प्रायः स्न्याप च्याटमा मात्रै कुरा गर्थे । स्न्याप च्याटमा पठाएको म्यासेज २० सेकेन्डमा अटो डिलिट हुन्छ भने स्क्रिनसट लिएको अवस्थामा त्यसको सूचना अर्कोलाई जान्छ । त्यसैले आफूले गरेका कुराकानीको ‘प्रमाण’ नरहेको भन्ने सन्दीपको चाहना देखिन्छ । निकटस्थहरुका अनुसार उनी अन्य युवतीहरुसँग पनि स्न्याप च्याटमा नै कुरा गर्थे ।
दोस्रो, उनले होटलमा सँगै रात बिताएपछि जुनेलीलाई तत्काल सामाजिक सञ्जालबाट ब्लक गरेको भनिएको छ । यदि त्यो सत्य हो भने त्यहाँ पनि उनको नियतमा प्रश्न उठ्छ ।तेस्रो, उनी आफूविरुद्ध जाहेरी परिसकेपछि नेपाल फर्किन गरेको ढिलासुस्ती पनि सही थिएन, चाहे जेसुकै बहानामा किन नहोस् ।
समग्र घटनाक्रम हेर्दा सन्दीपले कहीं न कहीं आफ्नो स्टारडमको दुरुपयोग गर्न खोजेकै देखिन्छ । अवश्य पनि उनी जत्तिको स्टारसँग नजिकिन खोज्नेहरु धेरै हुन्छन् । प्रेम र रोमान्सका लागि पनि युवतीहरु सहजै तयार हुन सक्छन् । तर, उनी आफ्नो मर्यादा र अनुशासनमा बस्नुपर्ने हो । फ्यानका रुपमा नजिकिनेहरुसँग शारीरिक तिर्खा मेट्ने ध्येय राखेका हुन् भने त्यसलाई अनैतिक मान्नैपर्छ ।
प्रथमतः ति किशोरी उमेरले वालिग होउन् वा अवयस्क, उमेरदार महीला पात्रलाई पनि बलात्कार गरेको मान्न सकिन्छ- असहमति जनाएका कारणमा । अर्को कुरा, यौवन रसास्वाद पुरूष महिला दुबै पात्रलाई entertainment moment को उत्कर्ष हो- सहमतिमा *खेल* गरेको लिखितम कसैले पनि गरेका हुन्नन् । यहाँ सन्दीपले *किशोरी*को उकस्याइमा वा इच्छामा रमाइलो गरेको छनक दिएपनि नावालिग उमेरकी कुनैपनि संगीलाई कुनै पनि कोणबाट गरिएका *खुशहाली* बलात्कारको मुद्दा लाग्न सक्ने कानुनी व्यवस्था रहेका कारण दोषी ठहर हुने आधार छ । केटी साथीले उक्साए पनि केटोले नै सतर्कता अपनाउन बाध्यकारी अवस्था बारे ज्ञान राख्न आवश्यक छ ।।