निर्दोष रहेको बताउँदै सन्दीपले गुहारे क्यान, यस्तो छ उनको अपिल

काठमाडौँ ।

जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् ।

हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भन्ने कुरा भएको छ,’ क्यान सचिव प्रशान्त विक्रम मल्लले भने ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी छन् । सन्दीपलाई आरोप लागेको खबर सार्वजनिक भएपछि क्यान अध्यक्ष चतुरबहादुर चन्द बुधबार बेलुका काठमाडौं आइपुगेपछि क्यानका पदाधिकारीबीच छलफल भएको थियो ।

मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेसँगै प्रहरीले प्रमाणहरू संकलन गर्न थालेको हो। प्रमाणस्वरूप प्रहरीले काठमाडौं-९ सिनामंगलस्थित उनीहरू बसेको होटलको सिसिटिभी फुटेज पनि संकलन गरेको छ।

प्रहरीले उनीहरू कोठा नम्बर ३०५ मा बसेको बताएको छ। सन्दीपले सेतो क्याप, सेतो जुत्ता, निलो रंगको टिसर्ट लगाएको पनि फुटेजमा देखिएको स्रोतले जनाएको छ। किशोरीले सेतो ज्याकेट, पहेँलो टिसर्ट र कालो जिन्स लगाएकी थिइन्।

त्यहाँ करिब सात घन्टा बसेर भदौ ६ गते फर्किएको देखिएको छ। बिहान ६ बजेर ४६ मिनेटमा उनीहरू सँगै होटलबाट फर्किएको फुटेजमा देखिन्छ। सन्दीपले आफूमाथि मध्यराती साढे १२ बजे पटक-पटक बला’त्कार गरेको प्रहरीसँग भनेकी छन्।

जाहेरी दिएपछि प्रहरीले मंगलबार नै किशोरीको स्वास्थ्य परीक्षणसमेत गराएको छ। बुधबार नै प्रमाणहरू संकलन गरी लामिछानेविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गर्ने प्रहरीको तयारी छ।

प्रहारीले यस विषयमा छानबिन गरिरहेकोले क्यानले अहिले सन्दीपमाथि कुनै एक्सन लिने भन्दा पनि छानबिनमा सहयोग गर्ने मल्ले बताए । यस्तै सन्दीप सीपीएलको खेलेर खेलेर मात्र फर्कने भएका छन् । बुधबार राति भएको जमैका तल्लावाजको खेलमा भने सन्दीपले खेल्न पाएनन् ।

सम्बाददाता

Leave a Reply

Next Post

सन्दिपबिरुद्द बाहिरियो अर्को यति ठूलो प्रमाण !

Thu Sep 8 , 2022
काठमाडौं। राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने एक बालिकालाई लिएर भदौ ५ गते बेलुका नगरकोटको एक रिसोर्टमा पुगेको पुष्टि भएको छ ।लामिछाने सो दिन नगरकोट रिसोर्टमा पुगेको उक्त रिसोर्टको व्यवस्थापन हेर्ने उच्च तहका कर्मचारीले बताए । उनले भने, “सन्दीप लामिछाने एक युवतीसँग भदौ ५ गते राति ८:३० बजेको समयमा यहाँ […]

You May Like

error: