काठमाडौँ ।
पाकिस्तान एसिया कप २०२२ को फाइनलमा पुगेको छ । सुपर–४ चरणको आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पाकिस्तानको जितसँगै भारत र अफगानिस्तान फाइनलको दौडबाट बाहिरिएका छन् ।
फाइनल पुग्ने दोस्रो टोली श्रीलंका हो । सुपर–४ राउण्डमा श्रीलंका र पाकिस्तानले दुई–दुई खेल जितेका छन् । भारतले आफ्नो अन्तिम खेल बिहीबार अफगानिस्तानसँग खेल्ने छ । तर, पाकिस्तानको जितपछि अब यो खेलको कुनै महत्व छैन ।
पाकिस्तानले अफगानिस्तानलाई जितका लागि १३० रनको लक्ष्य दिएको थियो । जसलाई पछ्याउँदै पाकिस्तानको सुरुवात खराब रह्यो । पाकिस्तानका कप्तान बाबर आजम पहिलो बलमै आउट भए ।
उनले खाता पनि खोल्न सकेनन् । उनलाई फजलहक फारुकीले एलबीडब्लू गरे । त्यसपछि चौथो ओभरमा फखर जमान रन आउट भए । उनले ९ बलमा ५ रन मात्र जोड्न सके ।
पाकिस्तानले १८ रनमै २ विकेट गुमाएको थियो । तर, अर्को छेउबाट मोहम्मद रिजवानले ठूला शट खेल्न जारी राखे । तर, शारजाहको स्लो विकेटमा उनी पनि राशिद खान र मुजिब उर रहमान जस्ता स्पिनरको अगाडि टिक्न सकेनन् र ९औं ओभरमा २६ बलमा २० रन बनाएर रसिद खानको शिकार बने ।
पाकिस्तानले ५० रनमै तीन विकेट गुमाएको थियो । तर, इफ्तिखार अहमद, शादाब खान र अन्तमा नसिम शाहको इनिङ्समा पाकिस्तानले यो रोमाञ्चक खेल जित्यो।
पाकिस्तान (Playing XI): मोहम्मद रिजवान (विकेटकीपर), बाबर आजम (कप्तान), फखर जमां, इफ्तिकार अहमद, खुशदिल शाह, आसिफ अली, मोहम्मद नवाज, शादाब खान, हारिस रउफ, मोहम्मद हसनैन, नसीम शाह.
अफगानिस्तान (Playing XI): हजरतुल्लाह जजई, रहमनुल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जादरान, नजीबुल्लाह जादरान, मोहम्मद नबी (कप्तान), करीम जनत, राशिद खान, अजमातुल्लह ओमारजई, मुजीब उर रहमान, फरीद अहमद मलिक, फजलहक फारुखी.