भुटानलाई हराउदै नेपाल सेमीफाईनालमा

काठमाडौं ।

नेपालले श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलमा विजयी सुरुआत गरेको छ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा बुधबार राति भुटानलाई २-१ गोल अन्तरले हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

यस जितसँगै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको छ । नेपालको जितसँगै भारत पनि अन्तिम चारमा पुगेको छ । लगातार दुई खेल हारेको भुटान भने प्रतियोगिताबाट बाहिरिएको छ । यस अघि भुटान भारतसँग ३-० ले पराजित भएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले १ खेलमा ३ अंक जोडेको छ । नेपाल समूहको दोस्रो स्थानमा रहेको छ । भुटान २ खेलमा अंक विहीन रहेर पुछारमा रहेको छ । भारत ३ अंक जोडेर शीर्ष स्थानमा छ । अब नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।

यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ । सोमबार भएको उद्घाटन खेलमा भुटानलाई भारतले ३-० गोल अन्तरले हराएको थियो । नेपाल सन् २०१३, २०१७ र २०१७ गरी तीन पटक फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग निराश भएको थियो ।समूह ‘बी’मा नेपालसहित भुटान र भारत तथा समूह ‘ए’ मा श्रीलंका र माल्दिभ्स रहेका छन् ।

यो पनि पढ्नुहोस : माल्दिभ्समाथि बंगलादेशले गर्यो गोलको वर्षा
बंगलादेशले श्रीलंकामा जारी साफ यू-१७ पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ ।बुधबार भएको खेलमा माल्दिभ्सलाई ५-० गोल अन्तरले हराउँदै बंगलादेशले अन्तिम चारको यात्रा तय गरेको हो ।

बंगलादेशको जितमा मिराजुल इस्लामले ह्याट्रिक गरे ।नाजमुल हुदा फैसल र मुर्सेद अलीले १/१ गोल गरे ।यस जितसँगै समूह ‘ए’ को बंगलादेशले २ खेलमा शतप्रतिशत जित निकाल्दै ६ अंक जोडेको छ ।सोमबार भएको पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई ५-१ गोल अन्तरले हराएको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

अफगानिस्तानमाथि पाकिस्तानको जित ,एसिया कपमा भारतको खेल खत्म

Wed Sep 7 , 2022
काठमाडौँ । पाकिस्तान एसिया कप २०२२ को फाइनलमा पुगेको छ । सुपर–४ चरणको आफ्नो दोस्रो खेलमा अफगानिस्तानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ। पाकिस्तानको जितसँगै भारत र अफगानिस्तान फाइनलको दौडबाट बाहिरिएका छन् । फाइनल पुग्ने दोस्रो टोली श्रीलंका हो । सुपर–४ राउण्डमा श्रीलंका र पाकिस्तानले दुई–दुई खेल जितेका छन् । […]

You May Like

error: