काठमाडौं।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गतको पुरुष क्रिकेट प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ ।गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ सम्म आयोजना हुनेछ । तर, पुरुष क्रिकेट भने अगाडी नै आयोजना हुन लागेको हो ।
प्रतियोगिताको पहिलो दिन चार खेलहरु हुनेछ । जसमा दुई खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदान र दुई खेल मुलपानी मैदानमा हुनेछ ।टियु क्रिकेटमा हुने उद्घाटन खेलमा एनआरएनए टिम र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:१५ बजे सुरु हुनेछ ।
पहिलो पटक राष्ट्रिय खेलकुदको क्रिकेटमा सहभागीता जनाएको एनआरएनको टोली जितका साथ प्रतियोगिता सुरु गर्न चाहन्छ । यता,सुदुरपश्चिम प्रदेश पनि जित सहित प्रतियोगिताको सुरुआत गर्न चाहन्छ ।
टियुमै हुने दोस्रो खेलमा बागमती प्रदेश र प्रदेश १ बीच खेल हुनेछ । दुवै टोली जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गर्न चाहन्छन् ।यस्तै मुलपानी मैदानमा हुने पहिलो खेलमा मधेस प्रदेश र गण्डकी प्रदेशबीच खेल हुनेछ ।
मुलपानी मैदानमा हुने दोस्रो खेलमा लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश खेल्नेछन् ।प्रतियोगितामा तीन विभागिय,सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागीता रहेको छ । सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
एनआरएनएको टोली:
सुनम गौतम (अस्ट्रेलिया) लाई कप्तान ,पृथु बाँस्कोटा (अमेरिका), नवीन प्रधान (न्युजिल्यान्ड), दिवस गिरी (इंग्ल्यान्ड), दिनेश खरेल (न्युजिल्यान्ड), रसिम कँडेल (अस्ट्रेलिया), सन्दीप अधिकारी (अस्ट्रेलिया), वासु गिरी (अस्ट्रेलिया), सुनील श्रेष्ठ (इंग्ल्यान्ड), दीपेन श्रेष्ठ (अमेरिका), दीपक क्षेत्री (अस्ट्रेलिया), आशिष पोखरेल (अस्ट्रेलिया), गमबहादुर गुरुङ (इंग्ल्यान्ड) र सागर पुन (अमेरिका)
मधेस प्रदेशको टोली:
हसिम अन्सारी (कप्तान), हरि शंकर शाह (उपकप्तान), विशाल सुस्लिग, तृत राज दास, नविन यादव, राकेश कामत, रोहन विक, रुपेस सिंह, आदिल अन्सारी, नसरुद्दिन अन्सारी, अरनिको यादव, कुमार थापा, जितेन्द्र यादव र सन्तोष कार्की
कर्णाली प्रदेशको टोली :
रबिन्द्र जंग शाही(कप्तान),निश्चल रावल,अर्जुन घर्ती,अनुज चुनारा,दिवान पुन,प्रकाश जैशी,सुवोध ऐर,मिनाश थापा,विपिन शाही,हिमान्शु शाही,दिनेश अधिकारी,सुमित बुढाथोकी,बिपिन रावल र मोहन बि.क
लुम्बिनी प्रदेशको टोली :
कृष्ण कार्की(कप्तान),शौरभ खनाल(उपकप्तान),सन्दीप रजाली,प्रज्वल बहादुर थापा,बसिर अहमद,अनिल खरेल,विशाल विक्रम केसी,तुल बहादुर थापा,दिपेन्द्र रावत,नर बहादुर सार्कि,धनबहादुर शाही,रोशन लाल गुप्ता,राज विर सिंह र देव खनाल
सुदुरपश्चिम प्रदेशको टोली :
राजु रिजाल(कप्तान), शेर मल्ल, खडक बोहोरा,मिलन बोहोरा,नारायण जोशी,हेमन्त धामी,बसन्त कार्की,लोकेन्द्र चन्द,बसन्त खत्री,युवराज खत्री,भोजराज भट्ट,दिपक रोकाया,नरेन साउद र दिल बहादुर बोहरा
गण्डकी प्रदेशको टोली :
अनिल गुरुङ,अमृत गुरुङ,अर्जुन कुमाल,दिपक डुम्रे,अभिसेक बस्नेत,समिर कन्डेल,ईश्वर क्षेत्री,सन्दीप क्षेत्री,समिर शाही,कमल परियार,विपिन क्षेत्री,सुवास भण्डारी,अशोक श्रेष्ठ र चन्द्र कान्त पौडेल
बागमती प्रदेशको टोली ;
ज्ञानेन्द्र मल्ल (कप्तान), सुवास खकुरेल (उपकप्तान), रित गौतम, इशान पाण्डे, शुभ कंसाकार, विपिन आचार्य,नन्दन यादव, प्रनित जिसी,रामनरेश गिरी,सुवास खत्री,सुर्य तामाङ,तिलक राज भण्डारी,दिपेश श्रेष्ठ र सुमन सुनुवार