क्यानको आकस्मिक बैठक बस्दै, कप्तान बारे यति ठूलो निर्णय गर्दै क्यान

काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बला’त्कार गरेको उजुरी परेका थियो ।

सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदै छन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ ।

‘सन्दीपको विषयमा मात्रै होइन । अरु एजेन्डाका कारण पनि बैठक बस्न लागेको हो । सन्दीपको कुरामा हामी नियम अनुसार नै कदम चाल्छौँ । सन्दीपविरुद्ध आरोप लागेको हो । प्रमाणित भएको होइन । हामी अनुसन्धान गर्न सघाउँछौँ ।’

बैठकले कप्तान सन्दीपलाई दिएको जिम्मेवारीबाट हटाउन सक्नेछ । भदौ ५ गते पिंगलास्थानको काठमाडौं होटल इनमा राखेर बल’त्कार गरेको बयान दिएकी थिइन् ।

६ गते केन्या भ्रमण गरेको नेपालले घरेलु टिमसँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेलेको थियो । सन्दीपको कप्तानीमा खेलेको नेपालले सिरिज ३–२ ले जितेको थियो । केन्याविरुद्धको एकदिवसीय अभ्यास सिरिजअगाडि नै उनी क्यारेवियन प्रिमियर लिग खेल्न वेष्ट इन्डिज उडेका थिए ।

भदौ पहिलो साता नगरकोटमा लगेर घुमाएको र फर्किएपछि काठमाडौंको गौशालास्थित एक होटलमा आफूमाथि जवर’जस्ती गरेको भन्दै कि’शोरीले जाहेरीमा उल्लेख गरेको स्रोतले जनाएको छ ।

नगरकोटबाट काठमाडौं फर्किँदा राति अवेर भइसकेकाले होस्टल जान नसकेको र सन्दीपसँग होटलमा बस्नुपरेको किशोरीको तर्क छ । राति होटलमा मादक पदार्थ खुवाएर आफूलाई क’रणी गरेको उनले बताएकी छन् ।

करिब ८ बजे उनीहरु नगरकोट पुगे। नगरकोटमा केही खानपानसँगै सन्दीपले मद्यपान गरे। कि’शोरीको मन आत्तिरहेको थियो। उनीभित्र समयमै होस्टल फर्किने छटपटी थियो। उनले फर्किने जिद्दी गरिन्।

सन्दीप अहिले वेस्टइन्डिजमा जारी क्यारेवियन प्रिमियर लिग खेल्नका लागि उतै रहेका छन् ।उनलाई आरोप लागेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिने प्रहरी प्रवक्ता डिआईजी टेकप्रसाद राईले जानकारी दिए ।उनले भने ‘अहिले उजुरी दर्ता भएको सत्य हो, हाम्रो टिमले अनुसन्धान अघि बढाइसकेको छ ।’

 

सम्बाददाता

Leave a Reply

Next Post

कप्तानमाथि आरोप लागेपछि नेपाली क्रिकेटमा तरंग, भयो नेपाल टि–२० मा यति ठूलो असर

Wed Sep 7 , 2022
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि बला’त्कारको आरोप लागेसँगै नेपाली क्रिकेटमा तरंग आएको छ । यससँगै नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार दिउँसो गर्ने भनेको नेपाल टि–२० लिग सम्बन्धी पत्रकार अन्तरक्रिया कार्यक्रम रद्द गरेको छ । क्यानले यो पत्रकार अन्तरक्रिया रद्द गर्नुको स्पष्ट कारण खुलाएको छैन । क्यानले प्राविधिक […]

You May Like

error: