सावित्राले कीर्तिमानी गोल गर्दा पहिलो हाफमा भुटानविरुद्ध नेपाललाई अग्रता

काठमाडाैं।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेल अन्तर्गत भुटानविरुद्ध नेपालले सुरुवाती अग्रता लिएको छ।नेपालले पहिलो हाफमा १-० ले अग्रता लिएको छ।नेपालले खेल सुरु भएको १२ मिनेटमा नै अग्रता लिएको हो।नेपालका लागि सावित्रा भण्डारीले पहिलो गोल गरेकी हुन्।

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा नेपालका लागि दुई खेलाडीले डेब्यु गरेकी छिन् । दिपा शाही र अमिषा कार्कीले राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् ।

नेपाल आज भुटानलाई हराएर सुखद सुरुआत गर्ने योजनामा रहेको छ । भुटान पनि नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ ।भुटानविरुद्ध नेपाल हालसम्म अपराजित रहेको छ ।

नेपालले भुटानमाथि हालसम्म गोलको वर्षा गरेको छ ।नेपालले आफ्नो महिला फुटबलको इतिहासमा भुटानको तीन पल्ट सामना गरेको छ ।महिला साफ च्याम्पियनसिपको तीन खेलमा नै जित हासिल गरेको छ । नेपालले सबैभन्दा भुटानको सामना गरेको भनेको सन् २०१४ को संस्करणमा भएको थियो।

पाकिस्तानको इस्लामावादमा भएको थियो । त्यसमा नेपाल ८–० ले विजयी भएको थियो । दोस्रो भेट २०१६ को भेट सिलगुढीमा भएको थियो। त्यसमा पनि नेपाल ८–० ले नै विजयी भएको थियो । यी दुई टिमबीचको तेस्रो खेल भने सन् २०१९ मा विराटनगरमा भएको थियो, जसमा नेपालले ३–० ले हात पारेको थियो । समग्रमा भन्दा नेपालले भुटानविरुद्ध तीन खेलमा कुनै गोल त खाएको छैन् ।नेपालले उल्टै २० गोल गरेको छ। नेपालकी सावित्रा भण्डारीले मात्र आठ गोल गरेकी छिन्।त्यसमा एक दोहोरो ह्याट्रिक पनि सामेल रहेको छ ।

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् । काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

‘अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्ने छौँ,’ एन्जिलाले भनिन्। कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताईन । ‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ एन्जिलाले भनिन् । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताईन् ।

‘कप्तान हुने इच्छा सबैमा हुन्छ । मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । यो पटक मलाई टिमप्रति विश्वास छ । अहिले बोल्नु भन्दा मैदानमा देखाउने छौँ,’ एन्जिलाले थपिन ।

नेपालको सुरुआती-११

एन्जिला सुब्बा, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, सावित्रा भण्डारी, अनिता बस्नेत, पुजा राना, अनिता केसी, सरु लिम्बु,दिपा शाही

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले भुटान माथि गोलको वर्षा गर्दै

Tue Sep 6 , 2022
काठमाडाैं। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा अहिले नेपालले भुटानसँग प्रतिस्पर्धा गरिरहेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले ३-० गोलको अग्रता बनाएको छ।खेलको ७२ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपाललाई ३-० को अग्रता दिलाईन् । खेलको ६७ औं मिनेटमा सावित्रा भण्डारीले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई […]

You May Like

error: