काठमाडौँ ।
एसिया कप २०२२ मा भारत र श्रीलंकाबीच सुपर–४ खेल हुँदैछ । यदि यो खेलमा पनि टीम इण्डिया पराजित भयो भने टूर्नामेन्टबाट बाहिरिने खतरा पनि हुनसक्छ । एसिया कप क्रिकेटको सुपर ४ अन्तर्गत आइतबार भएको खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले पराजित गरेको थियो।
भारतीय टोलीले आज श्रीलंकाविरुद्धको ‘गर या मर’ को ‘सुपर ४’ खेलमा श्रीलंकासँग खेल्दा बलरको उत्कृष्ट प्रदर्शनको आवश्यकता पर्नेछ, साथै अतिप्रयोगबाट जोगिने छ । श्रीलंका विरुद्धको प्लेइङ इलेभेनबाट पत्ता काटिएको मानिने खेलाडी पनि छन् ।
भारतीय टोलीका कप्तान रोहित शर्माले श्रीलंकाविरुद्धको सुपर ४ खेलमा ऋषभ पन्तलाई प्लेइङ इलेभेनबाट बाहिर गर्ने भएका छन् । आइतबार पाकिस्तानविरुद्धको खेलमा ऋषभ पन्त मात्र १४ रन बनाएर आउट भए ।
ऋषभ पन्तको स्थानमा दिनेश कार्तिकलाई प्लेइङ इलेभेनमा मौका दिन सकिन्छ । दिनेश कार्तिक सबैभन्दा धेरै खेल जित्ने खेलाडी हुन्। ऋषभ पन्त तल्लो मध्यक्रममा ब्याटिंग गर्छन् र ठूला शटहरू प्रहार गर्छन्। दिनेश कार्तिक विकेटकिपिङमा दक्ष खेलाडी हुन् र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्छन्।
यो पनि पढ्नुहोस : केन्याविरूद्ध सिरिज जिते पछि यस्तो छ नेपालको नयाँ वरियता
विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (मंगलबार) नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो।
यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।केन्यासँग २ खेलमा पराजित भएको नेपालको वरियता २ स्थान घटेको थियो। नेपाललाई पछि पार्दै स्कटल्यान्ड १५ औं स्थानमा रहेको छ। नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा रहेको छ ।
नेपाल भन्दापछि ओमान १७ औं स्थानमा रहेको छ। नेदरल्यान्ड्स १८ औं स्थानमा रहेको छ। पपुवा न्युगिनी १९ औं स्थानमा रहेको छ। हङकङ २० औं स्थानमा छन् ।केन्या २८ औं स्थानमा रहेको छ।