केन्याविरूद्ध सिरिज जिते पछि यस्तो छ नेपालको नयाँ वरियता

काठमाडौं।

विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (मंगलबार) नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।केन्यासँग २ खेलमा पराजित भएको नेपालको वरियता २ स्थान घटेको थियो।

नेपाललाई पछि पार्दै स्कटल्यान्ड १५ औं स्थानमा रहेको छ। नेपाललाई पछि पार्दै नामिबिया १४ औं स्थानमा रहेको छ ।नेपाल भन्दापछि ओमान १७ औं स्थानमा रहेको छ। नेदरल्यान्ड्स १८ औं स्थानमा रहेको छ। पपुवा न्युगिनी १९ औं स्थानमा रहेको छ। हङकङ २० औं स्थानमा छन् ।केन्या २८ औं स्थानमा रहेको छ।

टि२० आई वरीयता घटेसँगै नेपालले सन् २०२४ मा वेस्टइन्डिज र अमेरिकामा आयोजना हुने टी-ट्वान्टी विश्वकपमा सिधै छनोट हुने सम्भावना कठिन बन्दै गएको छ ।सन् २०२४ को टी-ट्वान्टी विश्वकपमा वरियताको शीर्ष १२ टोलीले सिधै विश्वकपमा स्थान बनाउने छन् ।एकदिवसीयमा नेपाल १९ औं स्थानमा रहेको छ।

भारत शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड दोस्रो औं स्थानमा रहेको छन्। पाकिस्तान तेस्रो औं स्थानमा रहेको छ। दक्षिण अफ्रिका चौथो औं स्थानमा रहेको छ। न्युजिल्यान्ड पाँचौं औं स्थानमा रहेको छ।  अष्ट्रेलिया छैटौं स्थानमा छन् ।

वेस्टइन्डिज सातौं औं स्थानमा रहेको छ। श्रीलंका आठौं औं स्थानमा रहेको छ। बंगलादेश नवौं औं स्थानमा रहेको छ। अफगानिस्तान १० औं स्थानमा रहेको छ। जिम्बावे ११ औं स्थानमा रहेको छ।आयरल्यान्ड १२ औं र युएई १३ औं स्थानमा छन् ।

वरीयतामा आफूभन्दा तल रहेको केन्यासँग दुई खेल गुमाउँदा नेपाललाई वरीयतामा घाटा परेको हो।आइसिसी टी-२० विश्वकप २०२४ मा सिधा छनोटका लागि महत्वपूर्ण मानिएको वरीयतामा तल झरेसँगै नेपालको आसा लगभग सकिएको छ। वरीयताको १२औं स्थानसम्म रहने टिमको सिधा विश्वकपमा छनोट हुने सम्भावना रहन्छ।

केन्याविरुद्धको टी-२० सिरिजमा नेपालले पहिलो खेल ५ विकेट, तेस्रो खेल ४ विकेट र पाँचौ तथा निर्णायक खेल ३१ रनले जितेको थियो। तर नेपाल दोस्रो खेलमा १८ रन र चौथो खेलमा ७ रनले पराजित भएको थियो। पराजित भएका दुवै खेलमा नेपालले खराब ब्याटिङ गरेको थियो।

सम्बाददाता

Leave a Reply

Next Post

सुरेश रैनाले लिए क्रिकेटबाट सन्यास, सन्यास अघि खेल्नेछन् यी ३ खेल

Tue Sep 6 , 2022
काठमाडौं । भारतीय क्रिकेटर सुरेश रैनाले सबै फर्म्याटको क्रिकेटबाट सन्यास लिएका छन् । उनले मंगलबार ट्वीट गर्दै आफूले सबैप्रकारको क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् । ‘मेरा लागि देश र राज्यको लागि खेल्न पाउनु सौभाग्यको कुरा हो । म आजबाट सम्पूर्ण फर्म्याटको क्रिकेटबाट सन्यासको घोषण गर्दछु,’ उनले लेखेका छन्, ‘म […]

You May Like

error: