नेपाल र भुटानको खेल ‘टीभी’ मा प्रत्यक्ष प्रसारण हुने

काठमाडौं।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ ।

महिला साफ च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण हुनेछ।  नेपालमा एपीवान एचडी ले प्रसारण दिने छ ।खेलको एपीवानकै आफ्नो युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुने छ।

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् । काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

‘अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्ने छौँ,’ एन्जिलाले भनिन्। कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताईन । ‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ एन्जिलाले भनिन् । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताईन् ।

‘कप्तान हुने इच्छा सबैमा हुन्छ । मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । यो पटक मलाई टिमप्रति विश्वास छ । अहिले बोल्नु भन्दा मैदानमा देखाउने छौँ,’ एन्जिलाले थपिन ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रि-म्याचमा भुटानलाई कमजोर नआक्ने बताएका थिए ।यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

केन्याविरूद्ध सिरिज जिते पछि यस्तो छ नेपालको नयाँ वरियता

Tue Sep 6 , 2022
काठमाडौं। विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (मंगलबार) नयाँ टी–२० वरीयता सार्वजनिक गरेको छ। जसमा नेपालको वरीयता यथावन् रहेको छ। नेपाल १६औँ स्थानमा यथावत् रहेको हो। यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो।केन्यासँग २ खेलमा पराजित भएको नेपालको वरियता २ स्थान घटेको थियो। नेपाललाई पछि पार्दै स्कटल्यान्ड […]

You May Like

error: