नेपालले आज उद्घाटन खेल भुटानसँग खेल्ने, हेर्नुहोस् सम्पूर्ण विवरण

काठमाडौं।

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा हुनेछ । तर, अन्डर डग टोली भुटानविरुद्ध नेपाल शतर्क भएर खेल्नेछ ।

नेपाली राष्ट्रिय महिला टिमकी नवनियुक्त कप्तान एन्जिला तुम्बापो सुब्बाले पहिलो पटक महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि जित्न प्रयास गर्ने बताएकी छिन् । काठमाडौंमा सोमबार आयोजित प्रि-म्याच कन्फरेन्समा बोल्दै कप्तान एन्जिलाले घरेलु मैदानमा उपाधि जित्न प्रयास गर्ने बताएकी हुन् ।

‘अन्तिमसम्म मैदानमा लड्ने छौँ । हामी गोर्खाली हौँ । पहिलो पटक उपाधि जित्न सबै प्रयास गर्ने छौँ,’ एन्जिलाले भनिन्। कप्तान एन्जिलाले आफुमा गरिएको विश्वासलाई गुम्न नदिने समेत बताईन । ‘मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ एन्जिलाले भनिन् । एन्जिलाले आफ्नो कप्तानीमा टिमलाई उपाधि दिलाउने इच्छा रहेको समेत बताईन् ।

‘कप्तान हुने इच्छा सबैमा हुन्छ । मलाई पनि आफ्नो कप्तानीमा उपाधि जित्ने मन छ । यो पटक मलाई टिमप्रति विश्वास छ । अहिले बोल्नु भन्दा मैदानमा देखाउने छौँ,’ एन्जिलाले थपिन ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।

समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ ।यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल खेल असोज ३ गते हुनेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक कुमार थापाले प्रि-म्याचमा भुटानलाई कमजोर नआक्ने बताएका थिए ।यस्तै नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ ।

सम्बाददाता

Leave a Reply

Next Post

साफमा बंगलादेशले गर्यो पहिलो खेलमा नै गोलको वर्षा

Tue Sep 6 , 2022
काठमाडौं। श्रीलंकामा जारी साफ यू–१७ पुरुष फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ ।कोलोम्वोमा सोमबार भएको खेलमा श्रीलंकालाई ५–१ ले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो ।बंगलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई तथा मोहमद रुबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्धीनले समान एक गोल गरे । श्रीलंकाका यासिर शर्फराजले […]

You May Like

error: