नेपालले केन्यामाथि ‘क्लिनस्विप’ गरेपछि भारतीय मिडियाले गर्यो नेपालको खुलेर प्रशंसा

काठमाडौं।

नेपालले घरेलु टोली केन्यासँगको एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेको छ। तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा केन्यलाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३–० ले ‘क्लिन स्विप’ गरेको हो। यससँगै नेपालले इतिहास रचेको छ।

पहिलोपटक केन्यामा एकदिवसीय सिरिज गर्दै इतिहास रचेको हो। तेस्रो खेलमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्‍यो। नेपालको जितमा अर्जुन साउँद, आसिफ शेख र बसिर अहमदले अर्धशतकीय पारी खेले।

अर्जुनले ९० बलमा ३ चौका र २ छक्काको मद्दतमा ५८ रनको पारी खेले। आसिफले ४३ बलमा ९ चौका र २ छक्काको मद्दतमा ५६ रन जोडे। बसिरले नटआउट ५२ रन बनाए।

यस्तै, कप्तान रोहितकुमार पौडेलले नटआउट ४६, ज्ञानेन्द्र मल्लले ३३ र देव खनालले १ रनको योगदान दिए। केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए । त्यसअघि जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो।

जारी एकदिवसीय सिरिजमा केन्याले नेपाललाई दिएको यो नै सबैभन्दा ठूलो लक्ष्य हो। पहिलो एकदिवसीय खेलमा केन्याले नेपालाई २ सय १९ रनको लक्ष्य दिएको थियो। उसका लागि कोलिन्स ओबुयाले शानदार ब्याटिङ गरे।

उनले १ सउ ११ बलमा ७ चौका र २ छक्काको मद्दतमा सर्वाधिक ८४ रनको योगदान दिए। यस्तै, लुकास ओलुओचले आक्रामक ब्याटिङ गर्दै नटआउट ५९ रन जोडे। २६ बलको सामना गरेका उनले ५ छक्का र ५ चौका हिर्काए।

सुकदीप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए। बाँकी ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। नेपालका लागि सोमपाल कामीले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा १ मेडनसहित ३६ रन दिँदै २ विकेट लिए।

यस्तै, आदिल आलमले २, बसिर अहमद र शाहब आलमले १–१ विकेट लिए। २ विकेट रनआउटको रूपमा प्राप्त भयो। सिरिजअन्तर्गत पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो। यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो।

नेपालले केन्यासँगको सिरिज ‘क्लिन स्विप’ गरेपछि भारतीय मिडियाहरूले पनि चासो देखाएका छन्। उनीहरू प्राथमिकताका साथ नेपाल–केन्या सिरिजको समाचारलाई कभर गरेका छन्। चर्चित भारतीय मिडिया स्पोर्ट्सकीडा हिन्दीले नेपालले सिरिज जितेको समाचारलाई प्रथमिकता दिएको छ।

उसले लेखेको छ, ‘नेपालले केन्यालाई एकदिवसीय सिरिजमा ह्वाइटवाश गरेको छ, ओपनरको शानदार पारी’ भने लेखेको छ।तीन खेलको अनौपचारिक एकदिवसीय शृंखलाको तेस्रो खेलमा नेपालले केन्यालाई ६ विकेटले पराजित गर्दै शृंखला ३–० ले कब्जा गरेको छ ।

पहिले खेलेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २५५ रन बनाएको थियो, जसको जवाफमा नेपालले ४७.१ ओभरमा चार विकेट गुमाएर जित हात पारेको थियो ।८४ रनको पारी खेलेका केन्याका कोलिन्स ओबुया खेलको म्यान अफ द म्याच घोषित भए ।

दुई खेलमा १ सय ६६ रन (एक शतक र अर्धशतक) बनाएका नेपालका आसिफ शेख म्यान अफ द सिरिज घोषित भए ।टस जितेर ब्याटिङ गरेको केन्यालाई चौथो ओभरमै १७ रनको स्कोरमा पहिलो झटका लागेको थियो । कोलिन्स ओबुयाले सुखदीप सिंह (३७) सँग दोस्रो विकेटका लागि ५६ रन जोडे पनि ७३/१ मा केन्याको स्कोर १०७/४ थियो।

कोलिन्स ओबुयाले १११ बलमा ८४ रन बनाए र ३९ औं ओभरमा १६२ रनमा आउट भए । लुकास ओलुचले २७ बलमा ५९ रनको उत्कृष्ट पारी खेल्दै टोलीलाई २५० रनमा पुर्याए । सोमपाल कामी र आदिल आलमले २–२ विकेट लिए ।

लक्ष्यको जवाफमा नेपालले राम्रो सुरुवात गरेको थियो र आसिफ शेख (५६)ले अर्जुन साउद (५८) को साथमा पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । आसिफ आउट भएपछि अर्जुनले ज्ञानेन्द्र मल्ल (३३)सँग दोस्रो विकेटका लागि ८१ रन जोडे। नेपालले ९ रनमै तीन विकेट गुमाए पनि कप्तान रोहित पोडेल (४६*) सँग बसिर अहमद (५२*)ले पाँचौं विकेटका लागि ९५ रन जोडेर १७ बल बाँकी रहँदै टोलीलाई जित दिलाए ।

कोलिन्स ओबुयाले तीन खेलमा सर्वाधिक १८३ रन बनाए भने सोमपाल कामीले सिरिजमा सर्वाधिक आठ विकेट लिए। एकदिवसीय सिरिजअघि नेपालले केन्यालाई पाँच खेलको टी–२० सिरिजमा ३–२ ले पराजित गरेको थियो ।

सम्बाददाता

Leave a Reply

Next Post

नेपालले आज उद्घाटन खेल भुटानसँग खेल्ने, हेर्नुहोस् सम्पूर्ण विवरण

Tue Sep 6 , 2022
काठमाडौं। छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज मंगलबारबाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५:३० बजे […]

You May Like

error: