काठमाडौँ ।
नेपालले घरेलु टोली केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा केन्यालाई ६ विकेटले हराउँदै नेपालले सिरिज ३-० ले जितेको हो ।
यस सँगै नेपालले केन्याविरुद्धको दुबै सिरिज आफ्नो बनाएको छ । नेपालले यस अघि पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको २ सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो पटक भएको सिरिजमा नेपालले क्लिन स्विप गर्दै कीर्तिमानी जित हासिल गरेको हो।यस अघि भएको टि २० सिरिज पनि नेपालले ३-२ ले हात पारेको थियो। नेपालको जितमा अर्जुन साउद, आसिफ शेख र वसिर अहमदले अर्धशतकीय इनिङ खेले । अर्जुनले ५८ तथा आसिफले ५६ रन बनाए ।वसिर ५२ रनमा अविजित रहे । यस्तै कप्तान रोहित पौडेलले अविजित रहदै ४६ रन बनाए ।
ज्ञानेन्द्र मल्ल ३३ रनमा आउट हुँदा देव खनाल एक रनमा आउट भए ।केन्याका भिराज पटेलले २ तथा शेम एनगोचे र याश तालातीले १/१ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनाएको थियो ।
केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए । कप्तान शेम एनगोचे १७ रनमा आउट भए ।नेपालका सोमपाल कामी र आदील अन्सारीले २/२ विकेट लिए ।वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए ।
खेल सकिएपछी अन्तरबार्तामा रोहित भन्छन ” सोम दाइँको टुर्नामेन्ट भरी प्रदर्शन निकै राम्रो रहयो। जुन ढाचामा आज आसिफ र अर्जुनले ब्याटिंग गरे त्यो तारिफयोग्य छ । समग्रमा उत्कृष्ट टोलीको प्रदर्शन रहयो। नेपाल फर्किएपछी घरेलु प्रतियोगिता छ र त्यसपछि CWC लिगको लागि फोकस हुनुपर्ने छ । “