काठमाडौँ ।
घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालका आसिफ शेखले अर्धशतक बनाएका छन्।केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा आसिफले अर्धशतक बनाएका हुन् ।
आसिफले ४३ बलमा ५६ रन बनाएर आउट भए ।अर्धशतक बनाउने क्रममा ९ चौका र २ छक्का प्रहार गरे ।आसिफको पहिलो खेलमा केन्याविरुद्ध १ सय १० रनको शतकीय इनिङ खेलेका थिए ।अर्जुन साउद ४६ बलमा १ छक्कासहित १७ रनमा अविजित छन् । ज्ञानेन्द्र मल्ल ४ रनमा अविजित छन् ।
नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो।केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए। लुकास ओलुओचले नटआउट ५९ रन जोडे। उनले २७ बलमा ५ चौका र ५ छक्का प्रहार गरे।
बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिएका छन्। आदिल अन्सारीले २ विकेट हात पारे। नेपालले लगातार दुई खेल जित्दै यसअघिनै एकदिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ। अन्तिम खेलअघि सिरिज आफ्नो पक्षमा पार्ने क्रममा नेपालले शनिबार भएको दोस्रो खेलमा १६ रनको जित निकाल्दै २-० को अग्रता लिएर सिरिज जितेको थियो।
तीन खेलको एकदिवसीय सिरिजमा नेपालको कप्तानी रोहितकुमार पौडेलले गरिरहेका छन्। नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन लिग खेल्न गएपछि रोहितले नेपालको नेतृत्व गरेका हुन्।
एकदिवसीय सिरिजअघि नेपालले केन्यासँग पाँच खेलको टी-२० सिरिज खेलेको थियो। सिरिजमा नेपाल ३-२ ले विजयी भए पनि वरीयतामा तल रहेको केन्यासँग दुई खेल हार्दा नेपालको वरीयता भने खस्किएको थियो।
नेपालको अन्तिम प्लेयिंग-११ : रोहित पौडेल (कप्तान), देव खनाल, अर्जुन साउद, डीएस ऐरी, शाहब आलम, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, किशोर महतो, सोमपाल कामी, बसिर अहमद र आदिल आलम।