नेपालसँग खेल्नु अघि भारतको सानदार जित,भुटान उद्घाटन खेलमा नै पराजित

काठमाडौं।

श्रीलंकामा आज सोमबारबाट यू–१७ साफ च्याम्पियनसिप भारतले विजय सुरुवात गरेको छ ।आज भएको उद्घाटन खेलमा भारतले भुटानलाई पराजित गरेको हो। उद्घाटन खेलमा भारतले भुटानलाई ३-० गोलले पराजित गरेको हो।

नेपालको समूह ‘बी’ मा रहेको भारतले भुटानलाई पराजित गरेको हो।नेपाल रहेको समूह ‘बी’ मा भारत र भुटान तथा समूह ‘ए’ आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । नेपालले भदौं २२ मा भुटानसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । त्यसपछि नेपालले समूह चरणको अन्तिम खेलमा भदौं २४ गते भारतसँग खेल्नेछ ।

साफ च्याम्पियनसिप अन्र्तगत दोस्रो खेलमा बंगलादेशले आयोजक श्रीलंकासँग खेल्नेछ । ।प्रतियोगितामा आयोजक श्रीलंका सहित भुटान, भारत, बंगलादेश माल्दिभ्स र नेपालसहित छ टोलीको सहभागिता रहेको छ ।

साफ च्याम्पियनसिपमा ६ टोलीलाई दुई समुहमा विभाजन गरिएको छ ।समुह ए मा बंगलादेश, आयोजक श्रीलंक र माल्दिभ्स रहेका छन् भने समुह बी मा नेपाल भारत र भुटान रहेका छन् ।नेपालले च्याम्पियनसिपको पहिलो खेल भुटानविरुद्ध बुधबार खेल्नेछ ।

त्यस्तै दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ ।समुहको शीर्ष दुइै टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।यू–१७ साफ च्याम्पियनसिप उपाधि भिडन्त भने सेप्टेम्बर १४मा हुनेछ ।

नेपालले यसअघि फाइनलसम्मको यात्रा तय गरिसकेकाले यसपालि उपाधि जितेर फर्किने बताए ।‘तयारी राम्रो भइरहेको छ । हामीले डेढ महिनाअघि देखि तयारी सुरु गरेका थियौं । श्रीलंकामा पनि दुई, तीन दिन प्रशिक्षण गर्न पायौं ।भारत, भुटानभन्दा पनि यो टिम सबै देशको जुनियर टोली हो,’ श्रेष्ठले भने, ‘उमेरस्तरमा दक्षिण एसियाली सबै टिमको स्तर एकै हो जस्तो लाग्छ । भुटानको ग्रासरुट स्तर धेरै राम्रो छ ।’

‘भारत त सधै राम्रो टिम हो । हाम्रो लक्ष्य उपाधि नै हो । यसअघि उपविजेता भइसकेका छौं । तर, यसपालि जित्ने नै लक्ष्य छ । त्यही अनुसारको टिम पनि छ र प्रशिक्षण पनि राम्रो भइरहेको छ ।’श्रेष्ठले भने।

यस्तै, नेपाली टोलीका कप्तान प्रशान्त लक्ष्मणले टिम एकतावद्ध रहेको बताए ।‘तयारी राम्रो भइरहेको छ । टिमको बलियो पक्ष भनेको हाम्रो एकता हो । भुटान र भारत दुवै टिमको ग्रासरुट लेभल राम्रो भएकाले दुवै टिमलाई कठिन प्रतिद्वान्दीको रुपमा लिएका छौं,’ कप्तान प्रशान्तले भने ।

सम्बाददाता

Leave a Reply

Next Post

आसिफ शेखको तुफानी अर्धसतकमा नेपालको उत्कष्ट सुरुवात

Mon Sep 5 , 2022
काठमाडौँ । घरेलु टोली केन्याविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा नेपालका आसिफ शेखले अर्धशतक बनाएका छन्।केन्याले दिएको २ सय ५६ रनको लक्ष्यसहित जवाफी ब्याटिङको क्रममा आसिफले अर्धशतक बनाएका हुन् । आसिफले ४३ बलमा ५६ रन बनाएर आउट भए ।अर्धशतक बनाउने क्रममा ९ चौका र २ छक्का प्रहार गरे ।आसिफको पहिलो खेलमा […]

You May Like

error: