टस हारेर पहिला फिल्डिंग गर्दै नेपाल, यस्तो छ अन्तिम प्लेयिंग-११

काठमाडौं ।

नेपालले घरेलु टोलीविरुद्ध तेस्रो तथा अन्तिम एकदिवसीयमा पहिले बलिङ गर्ने भएको छ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर पहिले ब्याटिङ रोजेको छ । केन्याले ब्याटिङ रोज्दै नेपाललाई फिल्डिङको निम्तो दिएको छ ।

नेपाल आज एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ । यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ।

पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो । यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

नेपालको अन्तिम प्लेयिंग-११ : रोहित पौडेल (कप्तान), देव खनाल, अर्जुन साउद, डीएस ऐरी, शाहब आलम, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, किशोर महतो, सोमपाल कामी, बसिर अहमद र आदिल आलम।

यो पनि पढ्नुहोस : रोहितलाई पछि पार्दै  विराटले बनाए नयाँ कीर्तिमान,यस्तो कीर्तिमान बनाउने पहिलो खेलाडी
एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।

भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ५१ बल।a ७१ रनको अर्धशतकीय इनिङ खेले ।यस क्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका छन्।यस्तै मोहमद नवाजले २० बलमा ४२ रनको योगदान दिए।यस क्रममा उनले ६ चौका २ छक्का प्रहार गरेका थिए।

पाकिस्तानविरुद्धको खेलअघि विराट कोहली र रोहित शर्मा दुवैले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३१ अर्धशतक बनाएका थिए । कोहलीले पाकिस्तान विरुद्ध आफ्नो ३२औं अर्धशतक प्रहार गर्ने बित्तिकै रोहित शर्मालाई पछि पार्दै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्।

विराट कोहली र रोहित शर्मापछि बाबर आजमको नम्बर आउँछ। बाबर आजमले टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा २७ अर्धशतक बनाएका छन्।

सम्बाददाता

Leave a Reply

Next Post

कोलिन्सको अर्धसतकमा केन्याले दियो नेपाललाई विशाल लक्ष्य

Mon Sep 5 , 2022
काठमाडौँ । तेस्रो एकदिवसीय खेलमा घरेलु टिम केन्याले नेपाललाई २५६ रनको लक्ष्य दिएको छ। नैरोबीको जिमखाना मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ९ विकेटको क्षतिमा २५५ रन जोड्यो। केन्याका लागि कोलिन ओबुयाले १११ बलमा ८३ रनको योगदान गरे। उनले ७ चौका र २ छक्का हिर्काए। लुकास ओलुओचले नटआउट ५९ […]

You May Like

error: