काठमाडौं।
एसिया कप क्रिकेटको सुपर चार अन्तर्गतको खेलमा पाकिस्तानले भारतलाई हराएको छ ।दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानले भारतलाई ५ विकेटले हराएको हो ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।पाकिस्तानका लागि मोहमद रिजवानले ५१ बल।a ७१ रनको अर्धशतकीय इनिङ खेले ।यस क्रममा उनले ६ चौका र एक छक्का प्रहार गरेका छन्।यस्तै मोहमद नवाजले २० बलमा ४२ रनको योगदान दिए।यस क्रममा उनले ६ चौका २ छक्का प्रहार गरेका थिए।
जोड्दा फकर जमानले १८ बलमा १५ रन बनाए ।यस क्रममा उनले २ चौका प्रहार गरेका। कप्तान बाबर आजम १४ रन बनाएर आउट भए।आसिफ अलीले १६ रन जोडे भने खुस्दिल शाहले अविजित रहदै १४ रन बनाए ।
अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो । अर्शदीप सिंहलाई दोस्रो बलमा आसिफ अलीले चौका हान्दै पाकिस्तानलाई जित नजिक पुर्याए । तेस्रो बल डट राखेपछि तीन बलमा दुई रन चाहिँएको थियो । चौथो बलमा आसिफ अली एलबीडब्लू आउट भए । पाँचौं बलमा इफ्तिखर अहमदले दुई रन बटुल्दै जित पक्का गराए ।
भारतका भुवनेश्वर कुमार, हार्दिक पाण्डयले रबि बोस्नोई र युजभेन्द्र चाहलले १/१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
भारतका लागि विराट कोहलीले ६० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान रोहित शर्मा र केएल राहुलले समान २८/२८ रन बनाए ।पाकिस्तानका शादब खानले २ विकेट लिए ।
रोहित शर्मालाई पछि पार्दै विराट कोहली बनाए नयाँ कीर्तिमान
पाकिस्तानविरुद्धको खेलअघि विराट कोहली र रोहित शर्मा दुवैले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा ३१ अर्धशतक बनाएका थिए । कोहलीले पाकिस्तान विरुद्ध आफ्नो ३२औं अर्धशतक प्रहार गर्ने बित्तिकै रोहित शर्मालाई पछि पार्दै टि२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी अर्धशतक बनाउने ब्याट्सम्यान बनेका छन्।
विराट कोहली र रोहित शर्मापछि बाबर आजमको नम्बर आउँछ। बाबर आजमले टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा २७ अर्धशतक बनाएका छन्।