काठमाडौं।
केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आफ्नो एकदिवसीय अभ्यास सिरिजको अन्तिम खेल आज सोमबार खेल्दैछ । नेपाल र घरेलु टोली केन्याबीचको अन्तिम खेल आज १२ः१५ देखि सुरु हुने छ।
खेल नैरोबीस्थित जिमखाना क्रिकेट स्टेडियममा हुने छ । सिरिजमा नेपालले २–० ले अग्रता लिएको छ ।नेपालले आज जित हासिल गर्दै ३ खेलको सिरिज ‘क्लिन स्विप’ गर्ने दाउमा हुने छ ।यता केन्या भने क्लिन स्विपबारे बाँच्ने पहिलो जितको खोजीमा हुने छ।
घरेलु टोली केन्याविरूद्ध नेपालले आफ्नो पहिलो खेलमा ७ विकेटले हात पारेको थियो।भने दोस्रो म्याचमा १६ रनले हराएको थियो।अब नेपालले आजको खेलमा जित हासिल गर्दै कीर्तिमानी जित दर्ता गर्ने छ।नेपालले पहिलो सिरिजमा नै केन्यविरुदा क्लिन स्विप बनाउने कीर्तिमानी बनाउने दाउमा हुने छ ।
नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।नेपाली टिमका कप्तान रोहित कुमार पौडेलले आफ्नो पहिलो कप्तानीमा नै क्लिन स्विप गर्ने दाउमा हुने छन्।यस अघि हिजो भएको तेस्रो खेलमा कप्तानी परी खेल्दै नेपाललाई जित हासिल गराएका थिए।
नेपालले दिएको २ सय ३१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको केन्याले ४६ ओभर ३ बलमा अलआउट हुँदै २ सय १३ रन बनाएको थियो ।नेपालले आज आफ्नो अन्तिम खेलमा पनि दोस्रो एकदिवसीय खेलको प्लेईङ-११ बाट २ खेलाडी परिवर्तन गर्ने सम्भावना रहेको छ ।
नेपालका लागि पहिलो एक दिवसीय खेलमा पहिलो सतक बनाएका ओपनर आशिफ शेखले आज पनि नखेल्ने सम्भावना उच्च रहेको छ।उनले पहिलो खेलमा १२० बलमा १२ चौका र २ छक्का सहित ११० रन बनाए आउट भएका थिए। नेपालका लागि आशिफ शेख कीर्तिमानी अर्धसतक प्रहार गरेका थिए।उनको यो पहिलो शतक प्रहार थियो।
उनले दोस्रो खेल पनि गुमाएका थिए।पहिलो खेलको क्रममा उनी घाइते भएका थिए।दोस्रो खेलमा निगेल इन्जुरीका कारण आसिफलाई आराम दिइएको थियो।भने आज को खेलमा पनि आराम दिने उच्च सम्भावना रहेको छ।किन भने नेपाली सिरिज आफ्नो नाममा लेखाएको छ।