भारतलाई हराएर नै यु १७ साफको उपाधि जित्ने प्रशिक्षक र कप्तानले दिए यस्तो प्रतिक्रिया

काठमाडौं ।

यु १७ साफका लागि श्रीलंकामा रहेको नेपाली यु १७ राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टिमको लक्ष्य उपाधि भएको बताएका छन् ।सोमबारबाट सुरु हुने प्रतियोगिताअघि श्रेष्ठले नेपालले यसअघि फाइनलसम्मको यात्रा तय गरिसकेकाले यसपालि उपाधि जितेर फर्किने बताए ।

‘तयारी राम्रो भइरहेको छ । हामीले डेढ महिनाअघि देखि तयारी सुरु गरेका थियौं । श्रीलंकामा पनि दुई, तीन दिन प्रशिक्षण गर्न पायौं ।भारत, भुटानभन्दा पनि यो टिम सबै देशको जुनियर टोली हो,’ श्रेष्ठले भने, ‘उमेरस्तरमा दक्षिण एसियाली सबै टिमको स्तर एकै हो जस्तो लाग्छ । भुटानको ग्रासरुट स्तर धेरै राम्रो छ ।’

‘भारत त सधै राम्रो टिम हो । हाम्रो लक्ष्य उपाधि नै हो । यसअघि उपविजेता भइसकेका छौं । तर, यसपालि जित्ने नै लक्ष्य छ । त्यही अनुसारको टिम पनि छ र प्रशिक्षण पनि राम्रो भइरहेको छ ।’श्रेष्ठले भने।

यस्तै, नेपाली टोलीका कप्तान प्रशान्त लक्ष्मणले टिम एकतावद्ध रहेको बताए ।‘तयारी राम्रो भइरहेको छ । टिमको बलियो पक्ष भनेको हाम्रो एकता हो । भुटान र भारत दुवै टिमको ग्रासरुट लेभल राम्रो भएकाले दुवै टिमलाई कठिन प्रतिद्वान्दीको रुपमा लिएका छौं,’ कप्तान प्रशान्तले भने ।

सोमबारबाट सुरु हुने प्रतियोगितामा नेपालले बुधबार भुटानविरुद्ध खेल्नेछ । समूह ‘बी’ को दोस्रो खेलमा नेपालले साविक विजेता भारतको सामना गर्नेछ ।यसअघि यु-१५ र यु-१६ को उमेर समूहमा हुँदै आएको प्रतियोगिता पहिलो पटक यु-१७ को उमेर समूहमा हुन लागेको हो ।

नेपाल सन् २०१३, २०१७ र २०१७ गरी तीन पटक फाइनल प्रवेश गरे पनि तीनै पटक भारतसँग निराश भएको थियो ।समूह ‘बी’मा नेपालसहित भुटान र भारत तथा समूह ‘ए’ मा श्रीलंका र माल्दिभ्स रहेका छन् ।

दुवै समूहका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । सेमिफाइनल खेलहरु भदौ २७ र फाइनल खेल भदौ २९ गते हुनेछ ।नेपाली टोलीको प्रशिक्षकमा उर्जन श्रेष्ठ र व्यवस्थापकमा बाबुकाजी बस्नेत छन् । नेपालले यस प्रतियोगितालाई भियतनाममा अक्टोबरमा हुने एएफसी एसियन कप क्वालिफायरको तयारीको रुपमा लिएको छ ।

सम्बाददाता

Leave a Reply

Next Post

पाकिस्तानसँग खेल्नु अघि भारतलाई ठूलो झड्का,टिमबाट बाहिरिए २ खेलाडी

Sun Sep 4 , 2022
काठमाडौं। एशिया कपको सुपर ४ मा पुगेमा भारत र पाकिस्तान फेरि एकपटक आमने सामने हुँदैछन्। शुक्रबार पाकिस्तानले हङकङलाई पराजित गर्ने बित्तिकै दुई टिमको प्रतिष्पर्धा तय भइसकेको थियो।यी दुई देशबीचको म्याच दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ। चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानको खेल एउटा खेल मात्रै […]

You May Like

error: