रोहितको कप्तानीमा सफल हुँदा सन्दिपको कप्तानी धरापमा, यस्तो छ कारण

काठमाडौं।

नेपाली क्रिकेट टिम केन्या भ्रमणमा रहेको छ। नेपालले केन्यासँग पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्यो। नेपालले सिरिज ३–२ ले जित्न सफल पनि भयो। नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज जितेको हो।

पाँचैवटै म्याच जित्ने लक्ष्यसहित केन्या गएको नेपाली टिमलाई घरेलु टोलीको कडा टक्कर दियो। नेपाल सिरिजको पहिलो खेलमा पाँच विकेटले विजयी भयो। नेपाल दोस्रो खेलमा १८ रनले पराजित भएको थियो। तेस्रो खेल ४ विकेटले जिते पनि नेपाल चौथो खेलमा ७ रनले पराजित हुन पुग्यो।

सन्दीपले टी–२० सिरिजमा स्पिनरलाई प्राथमिकता दिएका थिए ।जुन खेलमा फास्ट बलर हावी भएको खेलमा पनि सन्दीपले स्पिनरहरुलाई प्रयोग गरे जुनमा आफू सफल हुने पनि केही खेलमा महँगो सावित भएका थिए।त्यसो हुँदा सिरिज ३-२ ले जितेको थियो।

यस्तै रोहितले भने एकदिवसीयमा खेलमा सन्दीपको विपरीत काम गरेको छ। उनले लगातार फास्ट बलरलाई पहिलो प्राथमिकता दिएका छन्।ब्याटिङ अर्डरमा पनि टेक्नुक प्रयोग गरेका छन्।जुन हिजोको खेलमा देखिएको थियो।पहिलो खेलमा फास्ट बलरद्वय सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा नेपालले केन्यालाई २१८ रनमा अलआउट गरेको थियो ।

पहिलो खेलमा स्पिनर हरुले निरन्तर रन दिएको वेला रोहितले फास्ट बलर करण केसीलाई प्रयोग गरे ।पहिलो खेलको १२ ओभरमा ४ विकेटको ४९ रन मात्र बनाएको थियो।यस क्रममा सोमपालले २ विकेट लिएका थिए।भने करण केसीले १ विकेट लिएका थिए।पवनले एक विकेट लिएका थिए।

त्यस पछि स्पिनरहरुले २९ ओभरमा सम्म कुनै विकेट लिने सकेनन।२९ ओभरमा केन्याले १२५ रन बनाएको थियो यस क्रममा रोहितले करणको प्रयोग गरे तर विकेट लिएका थिएनन् एक रन पनि दिएका थिए।त्यस पछि ३१ ओभरमा करणको प्रयोग गरे यस ओभरमा पनि एक रन दिएका थिएनन्।त्यस पछि लगातार

तीव्र गतिका बलरलाई अगाडि बढाए । र, उनको योजना पनि सफल भयो । तीव्र गतिका बलर सोमपाल कामीले १० ओभरमा एक मेडनसहित २९ रन दिएर सर्वाधिक तीन विकेट लिए ।

करणले ९.१ ओभरमा ३८ रन दिएर तीन विकेट नै हात पारे । यी दुई बलरले टी–२० सिरिजको सबै खेलमा पूरा स्पेल बलिङ गर्न पाएका थिएनन् । बरु उनीहरूको स्थानमा सन्दीपले डेथ ओभरमा दीपेन्द्रसिंह ऐरी, बसिर अहमद वा आफ्नै प्रयोग गर्थे । त्यसले गर्दा टी–२० मा नेपालको बलिङ फिनिसिङ कमजोर देखिएको थियो ।

रोहितको कप्तानीमा भने त्यो कमजोरी देखिएन । उनले सुरुवात र अन्त्य दुवैमा राम्रो कप्तानी गर्दै सही तरिकाले बलरको प्रयोग गरे । रोहितले उमेर समूहको क्रिकेटमा पनि कप्तानी गरिसकेका छन् । र, त्यही अनुभवका कारण पनि उनलाई कप्तानीको त्यति धेरै भार थपिएन । साथै, उनी टिमका उपकप्तानसमेत हुन् ।

यस्तै नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको कप्तानीमा प्रश्न उठ्न थालेको छ। सन्दीपले राम्रोसँग कप्तानी गर्न नसकेको आरोप लागेको हो। नेपाली समर्थकहरूले सन्दीपको कप्तानीको तीव्र आलोचना गरिरहेका छन्। सन्दीप कप्तानीमा चुकिरहेको उनीहरूको आरोप छ। केन्यासँगको निर्णायक तथा पाँचौं टी–२० म्याचमा पनि सन्दीपले खराब कप्तानीको नमूना प्रस्तुत गरे।

एकदिवसीय सिरिज खेल्नुअघि नेपाली क्रिकेट टिमका नियमित कप्तान सन्दीप लामिछानले कप्तानी छाडेका हुन् । टी–२० सिरिज सकिएपछि सन्दीप कप्तानी छाडेर क्वारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इण्डिज गएका थिए । सन्दीप सीपीएल खेल्न वेष्ट इण्डिज गएपछि रोहितले कप्तानी पाएका हुन्।

केन्या भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार पहिलो एकदिवसीयमा आसिफ र अर्जुनले क्रमश: पहिलो शतक र अर्धशतक प्रहार गरे ।फास्ट बलरद्वय सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा नेपालले केन्यालाई २१८ रनमा अलआउट गरेको थियो । आसिफको ११० र अर्जुनको ६१ रन मद्दतमा नेपालले १४ बल अगावै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ७ विकेटको शानदार जित निकाल्यो ।दोस्रो खेलमा हिजो नेपालले १६ रनले पराजीत गरेका छ।

सम्बाददाता

Leave a Reply

Next Post

श्रीलंकाका खेलाडी संग मैदानमै भिडे राशिद खान (भिडियो सहित)

Sun Sep 4 , 2022
काठमाडौँ । एसिया कप २०२२ को सुपर ४ खेल सुरु भएको छ । शनिबार भएको अफगानिस्तान र श्रीलंकाबीचको खेलमा श्रीलंकाले रोमाञ्चक खेलमा ४ विकेटले जित हात पारेको हो । निकै रोमाञ्चक भएको खेलको अन्त्यसम्म दुबै टोलीले जितका लागि सक्दो प्रयास गरेका थिए । यस्तो अवस्थामा दुवै देशका खेलाडीबीच झडप पनि […]

You May Like

error: