काठमाडौँ ।
केन्यालाई १६ रनले हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्याले २१४ रन मात्रै बनाउन सक्यो । केन्याको राजधानी नैरोबीमा शनिबार भएको खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले अन्तिम ओभरमा अल आउट हुनुअघि २ सय ३० रन बनाएको थियो ।
प्रतिउत्तरमा ब्याटिङ गरेको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि रकेप पटेलले ८२ रन बनाए । १ छक्का र ७ चौका प्रहार गरेका रकेपलाई दीपेन्द्रसिंह ऐरीले आउट गरेका थिए ।केन्याविरुद्ध राम्रो ब्याटिङ गर्न नसकेका दीपेन्द्रले ४ विकेट लिए ।
नेपालले ३ खेलको एकदिवसीय सिरिजमा एक खेल बाकी रहदै सिरिज आफ्नो नाम गराएपछी भारतीय मिडिया लेख्छन “केन्या विरुद्ध नेपालको रोमाञ्चक जित,अन्तिम ओभरमा मोडियो खेल” तस्बिर :
थप लेख्छन ” तीन खेलको अनौपचारिक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले पराजित गर्दै २–० को अग्रता बनाएको छ । पहिले खेलेको नेपालले ४९.२ ओभरमा २३० रन बनाएको थियो, जवाफमा केन्याको टिम ४६.३ ओभरमा २१३ रन बनाएर अलआउट भएको थियो ।
उत्कृष्ट अर्धशतक बनाएका रोहित पोडेल म्यान अफ द म्याच घोषित भए । टस जितेर ब्याटिङ गरेको नेपाललाई छैठौं ओभरमै पहिलो झटका लागेको थियो । देव खनाल (३७)ले ज्ञानेन्द्र मल्ल (२५)सँग दोस्रो विकेटका लागि ५६ रन जोडे पनि १० रनमै नेपाललाई तीन झट्का लागेको थियो र स्कोर ७५/१ बाट ८५/४ पुगेको थियो ।
यसपछि पनि नियमित अन्तरालमा विकेटहरू खसिरहेका थिए तर कप्तान रोहित पोडेलले ७८ रनको इनिङ्स खेल्दै टोलीलाई २०० भन्दा माथि पुर्याए । सोमपाल कामीले १५ बलमा २६ रनको द्रुत पारी खेले ।
केन्याका लागि नेहेम्याह ओडिम्बो, व्राज पटेल र कप्तान शेम न्गोचेले २–२ विकेट लिए । लक्ष्यको जवाफमा केन्याको सुरुवात खराब रह्यो र नवौं ओभरमा ३९ रनको स्कोरसम्म चार विकेट खसेको थियो ।
यहाँबाट राकेप पटेलले फेरि कोलिन्स ओबुया (३७)सँग मिलेर पाँचौं विकेटका लागि ८१ रन जोडे। ओबुया आउट भएपछि पटेलले नेहेम्याह ओधिम्बो (१२) सँग छैटौं विकेटका लागि ५० रन जोडे। तर, ओडिम्बो १७० रनमा आउट भएपछि केन्याको इनिङ्स खस्कियो र स्कोर १७०/५ बाट १८६/९ मा पुग्यो ।
यस क्रममा राकेप पटेल पनि ८१ रन बनाएर आउट भए । जेरार्ड म्वेन्डवा (२०) र व्राज पटेल (७*) ले टोलीलाई २०० भन्दा माथि पुर्याए पनि उनी २१३ रनमा आउट भएपछि नेपालले जित निकाल्यो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिए । एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल सेप्टेम्बर ५ मा नैरोबीमा हुनेछ ।”