काठमाडौँ ।
एसिया कपमा भारत विरुद्धको खेलअघि पाकिस्तानी टोलीलाई ठूलो झट्का लागेको छ । फास्ट बलर शाहनवाज दहानी चोटका कारण मैदान बाहिर भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको मेडिकल टोलीले उनको निगरानी गर्नेछ र पछि निर्णय लिनेछ।
आईसीसीले आफ्नो वेबसाइटमा दाहिने हाते फास्ट बलर साइड स्ट्रेन इन्जुरीका कारण खेलबाट बाहिरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, मेडिकल टोलीले आगामी ४८ देखि ७२ घण्टासम्म उनको अनुगमन गरी थप कदम अगाडी बढाउनेछ ।
हङकङविरुद्धको खेलमा शाहनवाज दहनीले दुई ओभर बलिङ गरेका थिए । उनले २ ओभरमा ७ रन दिएर १ विकेट लिए । यो खेल पाकिस्तानले १५५ रनको ठूलो अन्तरले जितेको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा रनको हिसाबले पाकिस्तानको यो सबैभन्दा ठूलो जित हो।
भारतसँगको खेलमा सुपर फोरमा पाकिस्तानको लागि महत्वपूर्ण खेल हो । समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो । यस्तो अवस्थामा पाकिस्तानका लागि यो खेलमा राम्रो प्रदर्शन गर्ने चुनौती हुनेछ ।
दहनीको सट्टा पाकिस्तानी टोलीमा कसलाई समावेश गर्ने हेर्न बाँकी छ । हसन अली टोलीमा आउने प्रबल दावेदार मानिन्छन् । यस प्रतियोगितामा पाकिस्तानको बलिङ अहिलेसम्म उत्कृष्ट रहेको छ ।
ब्याटिङमा कप्तान बाबर आजमको फार्म अहिलेसम्म राम्रो देखिएको छैनन । भारतविरुद्धको खेलमा सबैको नजर फेरि उनीमाथि हुनेछ । अबको खेल अवधिमा अबुधाबीमा एक खेल पनि खेलिने छैन। सबै खेल दुबई र शारजाहमा खेलाइँदैछन् । फाइनल सहित १० खेल दुबईमा हुनेछन् । शारजाहमा ३ खेल हुनेछन् ।
एसिया कप २०२२मा सुपर ४ खेल: १.श्रीलंका विरुद्ध अफगानिस्तान, ३ सेप्टेम्बर (शारजाह), २. भारत विरुद्ध पाकिस्तान, ४ सेप्टेम्बर (दुबई),३.भारत विरुद्ध श्रीलंका, ६ सेप्टेम्बर (दुबई) , ४.पाकिस्तान विरुद्ध अफगानिस्तान, ७ सेप्टेम्बर (दुबई)
५.भारत विरुद्ध अफगानिस्तान, ८ सेप्टेम्बर (दुबई), ६.श्रीलंका विरुद्ध पाकिस्तान, ९ सेप्टेम्बर (दुबई), ७.फाइनल खेल, सेप्टेम्बर ११ (दुबई)